राजेन्द्र महतोको दलको नेताको पद खारेज, ओलीको कदमलाई साथ दिने सांसदलाई पनि कारवाही गरिने – Satabdi News

राजेन्द्र महतोको दलको नेताको पद खारेज, ओलीको कदमलाई साथ दिने सांसदलाई पनि कारवाही गरिने

८ जेठ २०७८, शनिबार।जनता समाजवादी पार्टी (जसपा)ले बमहुत पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतामाथि कारबाही थालेको छ ।

उपेन्द्र यादवको अध्यक्षमा बहुमत केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई विधान अनुसार कारबाही प्रक्रिया थाल्ने निर्णय गरेको हो । विधानअनुसार स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए निलम्बन र निस्कासन गर्नेसम्म कारबाही हुने नेताहरुले बताएका छन् ।ओलीकौ प्रतिगमन कदम चाल्न साथ दिने जसपा का सांसदहरुलाई पनि कारवाही गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

आजको बैठकले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेको कदमलाई प्रतिगामी कदम ठहर गर्दै आपत्ति जनााएको छ । प्रधानमन्त्री कदमको विरुद्धमा आज पाँच दलले गरेको निर्णय र जारी गरेको विज्ञप्तिप्रति जसपा नेपालको बैठकले समर्थन जनाएको छ।

यो बैठक महन्थ ठाकुरको पनि हस्ताक्षरबाट बोलाइएको बताउँदै कार्यकारिणी समितिको आजको बैठक आधिकारिक बैठक भएको अध्यक्ष उपेन्द्र यादवले दाबी गरे । ‘बैठकमा आउनलाई सबैलाई खबर पनि गरिएको थियो । तर वहाँहरु नआएपनि बहुमत सदस्यको उपस्थितिमा बैठक सम्पन्न भएको छ,’ उनले भने, ‘पार्टीमा अनुशासनहीन काम गरेकालाई पार्टीको विधान अनुसार कारवाही हुनेछ ।’

हिजै अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर कोरोनाको कारण देखाउदै आजको बैठक स्थगित भएको विज्ञप्ति जारी गरेका थिए । त्यसपछि अध्यक्ष उपेन्द्र यादवले पनि विज्ञप्ति जारी गरेर बैठक स्थगित नभएको बताएका थिए । आजको बैठकमा अध्यक्ष ठाकुर पक्षका कार्यकारिणी सदस्यहरु उपस्थित थिएनन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "राजेन्द्र महतोको दलको नेताको पद खारेज, ओलीको क..." A few seconds ago

सम्बन्धित खवर