गगन थापा : राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा ! – Satabdi News

गगन थापा : राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा !

८ जेठ, काठमाडौं । कांग्रेस नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नै कर्म र प्रवृत्तिले सम्मानको शिखरमा अडिन नसकेर ओराले जिकिर गरेका छन् । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता कांग्रेसमा नरहेको अभिव्यक्ति दिएको केही समयपछि थापाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

थापाले भनेका छन्, ‘राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा ! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड !! सम्माननीय राष्ट्रपति बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको ? आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गगन थापा : राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलील..." A few seconds ago

सम्बन्धित खवर