६ जेठ, काठमाडौ । महामारीको रुपमा फैलिन्दै गईरहेको कोरोना बिरुद्धको लडाईमा राष्ट्रिय आविष्कार केन्द्रलाई थप सहजताको लागि विद्यार्थी नेता अशोक राईको नेतृत्वले आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छ्न ।
नेपाल ल क्याम्पस ७२/७३ ब्याजका अध्ययनरत पुर्ब विद्यार्थीहरुको समुहको नेतृत्वमा राईले आविष्कार केन्द्रलाई रु. अक्षेरुपी सत्ताईस हजार, सात सय, सत्ततर (२७,७,७७) सहयोग गरेका हुन । यो कोरोनाको बिषम परिस्थितिमा आविष्कार केन्द्रले सरकार र जनताको लागी भगवानको रुपमा काम गर्न सक्छ भने, सचेत र कानुनको विद्यार्थीले आविष्कार केन्द्रलाई यो आपतको बेला किन सहयोग गर्न नसक्ने भन्ने सोचले, आविष्कार केन्द्रलाई सहयोग गरेको बताएका छ्न ।
नेपाल ल क्याम्पसमा अध्ययनरत पुर्ब विद्यार्थीहरुको फेसबुक ग्रुपमा भएको एक हप्ताको प्रयासले सहयोग गर्न सकेको कुरा बताए । विशेष गरि यो अभियानमा उज्ज्वल राई, मांकल राई, कल्पना लिम्बू, सन्तोष राई, ज्ञान्दिप राई, बिपना लिम्बू, एलिना राई, एरिका राई, सुब्बा राई, सुस्मिता राई, दिल कुमार लिम्बु, निलम देवान, अजय तामाङ, अरुण राई, सन्दिप मादेन, राजु बम्जङको संयुक्त प्रयासमा रकम संकलन गरि सहयोग गर्न सफल भएको कुरा विद्यार्थी नेता अशोक राईले बताएका छ्न ।