आज बाट भ्रम ताेडियाे; मुख्यमन्त्री शेरधन राई – Satabdi News

आज बाट भ्रम ताेडियाे; मुख्यमन्त्री शेरधन राई

६ जेठ, काठमाडौ । सम्पन्न भएको राष्ट्रिय सभाको निर्बाचनको सन्दर्भमा प्रदेश न १ को मुख्यमन्त्री शेरधार राईले सामाजिक संजालमा आफनो अभिव्यक्ति दिएका छ्न । मुख्यमन्त्री राईले दिनु भएको अभिव्यक्ति जस्ताको जस्तै राखिएको छ ।

आज सम्पन्न राष्ट्रिय सभाकाे निर्बाचनमा नेकपा (एमालेका) उमेदवारलाई पार्टी भित्रै ब्वाँसाे भएर निस्किएकाहरुकाे केन्द्रिय याेजनामा नेकपा (एमाले) कै सुर्य चुनाब चिन्हबाट निर्बाचीत भएका मतदाताहरुबाट हराइयाे । पार्टी बिधान, पद्वति, प्रक्रिया, निती निर्णय र निर्देशनकाे वकालत गर्दै नेकपा र नेकपा (एमाले) भित्र भाँडभैलाे मच्याउदै पार्टी भित्रै ब्वाँसाेकाे नियत बाेकेर नाटकीय मन्चनमा ब्यष्त रहेका नेताहरुकाे मखुण्डाे आजबाट उघ्रियाे ।

आज जे भयाे याे संसदीय अभ्यास र प्रणाली, दलीय ब्यवस्था र दलीय बिधी बिधानकाे नांगाे उपहास हाे, यसमा कसैले आँखा चिम्लन र कुरा चपाएर बाेल्न मिल्दैन । जे हाेस नेकपा(एमाले) एक्लै लाेकप्रिय र शक्तिशाली छ, आजकाे परिणाम र तथ्यले त्यही बतायाे, देखायाे । सर्बशक्तिमान निर्णायक शक्ति जनता हुन, असली कम्युनिष्ट, नकाबधारी कम्युनिष्ट र दक्षिणपंथी लगायत सबैखाले शक्तिहरुकाे बास्तिवक अनुहार, उनीहरुकाे हैसियत जनताले आगामी दिनहरुमा छुट्टयाउदै जानेछन । गठबन्धनका बावजुद नेकपा (एमाले) एक्लै बलियाे छ भन्ने कुरा आज स्पष्ट भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आज बाट भ्रम ताेडियाे; मुख्यमन्त्री शेरधन राई" A few seconds ago

सम्बन्धित खवर