कोरोनाका जटिल बिरामीमा प्रयोग गरिने औषधि रेम्डेसिभिर नेपालमै उत्पादन गरिने – Satabdi News

कोरोनाका जटिल बिरामीमा प्रयोग गरिने औषधि रेम्डेसिभिर नेपालमै उत्पादन गरिने

५ जेठ २०७८, बुधबार। कोरोनाका जटिल बिरामीमा प्रयोग गरिने औषधि रेम्डेसिभिर नेपालमै उत्पादन गरिने भएको छ ।
उक्त औषधि उत्पादन गर्न नेशन हेल्थ केयरलाई औषधि व्यवस्था विभागको अनुमति दिएको छ । नेपाल औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोषराज बरालले नेशनल हेल्थ केयरले रेम्डेसिभिर औषधि उत्पादनका लागि अनुमति पाइसकेको जानकारी दिए ।

“नेपालमा यसको परीक्षण पास भइसकेको छ, उत्पादनको अन्तिम प्रक्रियामा छ” उनले भने, “एक महिनाभित्रमा रेम्डेसिभिर उत्पादन सुरु गर्ने छन् ।”

उनका अनुसार उक्त नेशनल हेल्थ केयरसँग प्लान्ट छ । उक्त कम्पनीले आवश्यक कच्चा पदार्थ ल्याइसकेका छ भने अन्तिम चरणको प्राविधिक परीक्षणमा रहेको छ ।

भारतमाबाट आयात हुँदै आएको रेम्डेसिभिर कोरोना संक्रमण बढेपछि निर्यातमा प्रतिबन्ध लगाएको थियो । नेपालमा पनि कोरोनाका जटिल बिरामी बढेपछि बंगलादेशबाट औषधि व्यवस्था विभागले आयान हेल्थकेयरलाई रेम्डेसिभिर औषधि ल्याउन अनुमति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कोरोनाका जटिल बिरामीमा प्रयोग गरिने औषधि रेम्डे..." A few seconds ago

सम्बन्धित खवर