पार्टीले एक असल र निष्ठावान नेता गुमायो : प्रधानमन्त्री  – Satabdi News

पार्टीले एक असल र निष्ठावान नेता गुमायो : प्रधानमन्त्री 


२९ वैशाख २०७८, बुधबार । 
प्रधानमन्त्री केपी ओलीले बागमती प्रदेश सभाका सदस्य तथा नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनप्रति दुःख व्यक्त गरेका छन् ।  

उनले आज विज्ञप्ति जारी गर्दै यस दुःखद घडीमा चौलागाईंप्रति श्रद्धासुमन अर्पण गर्दै निधनबाट शोकमा परेका आफन्त, परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेका छन् ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले चौलागाईंको निधनबाट पार्टीले एक असल र निष्ठावान नेता तथा दोलखाका जनताले इमानदार जनप्रतिनिधि गुमाएको बताए ।  कोभिड– १९ को संक्रमणका कारण मंगलबार उनको  निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "पार्टीले एक असल र निष्ठावान नेता गुमायो : प्रधा..." A few seconds ago

सम्बन्धित खवर