
जनसेवा वन प्रदेश १ को उत्कृष्ट घोषित
१६ कार्तिक । मोरङको लेटाङमा रहेको जनसेवा सामुदायिक वनलाई प्रदेश सरकारले उत्कृष्ट घोषणा गरेको छ । प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वतावरण मन्त्रालयले २०७६ मा संरक्षण, सम्बर्द्धन, दिगो उपयोग, वातावरण सन्तुलन, गरिबी न्युनिकरणको हिसाबले योगदान पुर्याएको भन्दै प्रदेशकै उत्कृष्ट वनको रुपमा नगद एक लाख सहित पुरस्कार प्रदान गरेको हो ।