
दोहोरो नागरिकता लिएको प्रमाणित भए काँग्रेस सांसद कँडेललाई पाँच वर्ष कैद
काठमाडौँ । पूर्वगृहराज्यमन्त्री तथा बहालवाला सांसद देवेन्द्रराज कँडेल भारतको उत्तरप्रदेश गोरखपुरनिवासी तथा त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष भएको खुलासा भएको छ । कँडेलले भारतीय नागरिककै रूपमा शपथ पनि खानु भएको छ । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपाल प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ । पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेलले