समाजवादीबाट गजेन्द्र इस्बो मेयरको उम्मेदवार – Satabdi News

समाजवादीबाट गजेन्द्र इस्बो मेयरको उम्मेदवार

धरान ।  समाजवादी पाटीले धरान उप महानगरको उपनिर्वाचनमा गजेन्द्र इस्बोलाई मेयरको उम्मेदवार बनाउने सर्व सम्मत निर्णय गरेको छ । शनिवार समाजवादी पार्टी धरान उपमहानगर समितिको आयोजनामा धरानका अगुवा नेताहरुको उपस्थितिमा भएको बैठकले सो निर्णय गरेको हो । समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिका सचिवालय सदस्य तथा पूर्वगोर्खा अभियन्ता रहनु भएका गजेन्द्र इस्बोलाई मेयरको उमेरद्वार बनाउने सर्बसम्मत निर्णय भएको समाजवादी पाटीका केन्द्रिय सदस्य जेन्टल लावतीले जानकारी दिनु भयो ।

समाजवादीको भोटर्स संख्या धरानमा कति छ भन्ने यकिन तथ्याँङ्क पनि नभएकाले पनि एक्लौटी ढंगले उप–निर्वाचनमा भाग लिने निर्णय भएको समाजवादी पाटी धरान उपमहानगर समितिका अध्यक्ष ताजुब लिम्बूले बताउनु भयो । उहाँले धरानमा पाटीको भोटर्स सख्या लगभग ७ हजार सम्म हुन सक्ने आँकलन गर्नु भएको छ । यस अघि समाजवादीले उप– मेयरमा ५ हजार १ सय ५० मत ल्याएको थियो ।
यस्तै कांग्रेस नगर समितिले तिलक राईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ  । उपमहानगर कमिटीको पूर्ण बैठकले नगर सभापति समेत रहेका राईलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र गोले तामाङ र महाधिवेशन प्रतिनिधि पर्वत राईसमेत आकांक्षी रहे पनि समझदारीमै तिलक राईलाई उम्मेदवार बनाउने गरी जिल्ला र केन्द्रमा सिफारिस गरिएको हो । यस्तै, संघीय लिम्बुवान मञ्चले पनि दुईजनाको नाम सिफारिस गरेको छ । जिल्ला अध्यक्ष अमर इजम र नगरअध्यक्ष सञ्जुहाङ साँवाको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ । धरान– १८ का हर्क साम्पाङ राईले पनि मेयरमा उम्मेदवारी घोषणा गर्नु भएको छ । उहाँले जनसरोकार मञ्चको कार्यालयमा पत्रकार सम्मेलन गरी स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु भएको हो  । मञ्चले धरानमा भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गर्दै आएको छ ।
नेकपाले भने उम्मेदवारको टुंगो लगाउन सकेको छैन । मेयरका लागि नगर अध्यक्षदेखि प्रदेश सदस्यसम्म गरेर करिब एक दर्जन आकांक्षी छन् । उपमहानगरपालिकाका मेयर तारा शुव्वाको निधन पछि मेयर पद रिक्त भएकाले धरान सहित देशभरीको ३७ जिल्लामा आगामी मंशीर १४ गते उप–निर्वाचन हुदैंछ । निर्वाचन आयोगका अनुसार उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १, वडाध्यक्ष ४१, प्रदेश सभा सदस्य ३ र प्रतिनिधि सभा सदस्य १ गरि कुल ५० पदमा निर्वाचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "समाजवादीबाट गजेन्द्र इस्बो मेयरको उम्मेदवार" A few seconds ago

सम्बन्धित खवर