ब्वाइज युनियन काठमाण्डौलाई डाँगीहाट गोल्डकपको उपाधि – Satabdi News

ब्वाइज युनियन काठमाण्डौलाई डाँगीहाट गोल्डकपको उपाधि

बेलबारी । तेस्रो डाँगीहाट गोल्डकपको उपाधि ब्वाइज युनियन काठमाण्डौले जितेको छ । फाइनलमा धरान फुटबल क्लब सुनसरीलाई फाराकिलो गोल अन्तरले ब्वाइज युनियनले उपाधि हात पारेको हो । उपाधि हात पारेको ब्वाइज युनियनले नगद ३ लाख १ हजार, ट्रफि, मेडल, प्रमाणपत्र हात पारेको छ भने उपबिजेता बनेको धरानले २ लाख १ हजारमा चित्त बुझाएको छ ।

मोरङको बेलबारी १० भाउन्नेमा रहेको प्रस्तावित डाँगीहाट रंगशालामा आइतबार सम्पन्न फाइनलमा ब्वाइज युनियनका तपन कार्कीले ह्याट्रिक सहित ४ गोल गरे भने विदेशी खेलाडी मिसुकेले २ गोल गरे । काठमाण्डौको ब्वाइज क्लबलाई ४–० गोलले पन्छाउदै ब्वाइज युनियनले फाइनलमा स्थान बनाएको थियो भने आयोजक डाँगीहाट फुटबल क्लब रातोलाई १–० गोलले पन्छाउदै धरानले उपाधि भिडन्तको स्थान पक्का गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ब्वाइज युनियन काठमाण्डौलाई डाँगीहाट गोल्डकपको उ..." A few seconds ago

सम्बन्धित खवर