चार दिनको नेपाल भ्रमणमा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद

काठमाडौँ, कार्तिक २६ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज मंगलबार नेपाल आउँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिउँसो बंगलादेश एयरलाइन्सबाट नेपाल आइपुग्नेछन् ।  उनको भ्रमण ४ दिनको हुनेछ । लामो समयपछि बंलादेशबाट उच्च स्तरको भ्रमण हुन लागेको हो । नेपाल आए लगत्तै आजै उनी

वास्तविक नेपालको नक्शा यस्तो हो- देशभक्त नेपालीले सेयर गरौ !

काठमाडौ, कार्तिक २६ । संसदको  राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरासम्म समेटेर नक्सा बनाउन सोमबार निर्देशन दिएको छ। कस्तो हुन्छ त त्यो नेपालको नक्सा भनेर सबैलाई चासोको बिषय भन्न सक्छ ? नापी विभागले तीन वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नेतृत्वमा बनाइएको समितिले पूर्ण नक्सासहितको प्रतिवेदन

फाल्गुनन्दको १३५ औं जन्मजयन्ती, विविध कार्यक्रम आयोजना गरि मनाइयो

माङसेबुङ । राष्ट्रिय विभूति, किरात धर्म दर्शन दाता, समाज सुधारक महागुरु फाल्गुनन्दको १३५ औं जन्मजयन्ती कार्यक्रम भव्य रुपमा मनाइएको छ । इलामको माङसेबुङ गाउँपालिका वडा नं ३ भञ्ज्याङमा अवस्थित फाल्गुनन्द प्रतिमामा सोमबार भव्य कार्यक्रमको आयाजिना गरि मनाइएको हो । कार्यक्रमका बक्ताहरुले महागुरु फाल्गुनन्दको दर्शनलाई विश्वमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका छन्

नेपाल र कुवेतबीचको खेल भुटानमा हुने

काठमाण्डौं । नेपालमा हुने भनिएको फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिता अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने भएको छ । आगामी मंसिर ३ गते भुटानको राजधानी थिम्पुस्थित चाङ्गलिमिथाङ रंगशालामा खेल हुने पक्का भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले न्युट्रल भेन्यूको

यू–२३ राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि नेपाली यू–२३ राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार २० सदस्सीय नेपाली टिमको घोषणा गरेको हो । मूख्य प्रशिक्षक बाल गोपाल महर्जनले घोषणा गरेको साग टिममा सिनियर टिमका विकेश कुथु, बिक्रम लामा र

भारतले ल्याएको बिवादित नयाँ राजनीतिक नक्शालाई अन्तराष्ट्रियकरण गर्न नहुने दाहालको भनाई

काठमाडौं, कात्तिक २५ ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्न नहुने बताएका छन् । सिंहदरवारमा राज्यव्यवस्था समितिको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने, ‘अहिले यसलाई अन्तर्राष्ट्रियकरण गर्ने नभनौँ, गम्भीर वार्ता गर्दा पनि समाधान नभए पछि हेरौँला ।’ भारतले

मुख्यमन्त्रीको प्रमुख स्वकिय सचिवमा नवराज राई

धरान । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख स्वकिय सचिवमा अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य नवराज राई नियुक्त भएका छन् । राईलाई मुख्यमन्त्री शेरधन राईले बिहीबार प्रमुख स्वकिय सचिवमा नियक्त गर्नु भएको हो । यस अघि नवराज राईले आन्तरिक मामिला मन्त्रालयले संचालन गरेको म अघि बढ्छु कार्यक्रमको संयोजकको भूमिका निर्वाह

जलाए विद्यार्थीले सार्बजनिक गरेको बिवादित भारतको नयाँ राजनीतिक नक्शा

२२ कात्तिक, काठमाडौं । भारतले नेपाली भूमि कालापानी र लिपुलेकलाई आफ्नो पारेर सार्वजनिक गरेको नंया राजनीतिक नक्सालाई समाजबादी विद्यार्थी संगठनका विद्यार्थीहरुले जलाएका छन् । काठमाडौं स्थित भारतीय दूतावास नजिक लैनचौरमा भएको संयुक्त विभिन्न विद्यार्थी संगठनहरुले गरेेेको विरोध प्रदर्शनमा विवादित नक्सा जलाएका हुन । बिरोध प्रदर्शन कार्यक्रममा संयुक्त विद्यार्थीहरुले ‘लिपुलेक हाम्रो

मोरङको बेलबारीमा नोबेल अन्तराष्ट्रिय कराँते प्रतियोगिता हुदैं

बेलबारी । सितोरियो कराते संघ बेलबारीको आयोजनामा तिन दिने अन्तराष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ बेलबारी सितोरियो कराते संघ बेलबारी डोजोले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता यहि मंसिर ६ गते देखि तीन दिन बेलबारी तमु बुद्धिष्ट गुम्बामा हुने

भारतकाे नयाँ नक्सा तुरून्त सच्याउन आदिवासी जनजाति महासंघकाे माग

भारतले हालै सार्वजनिक गरेकाे आफ्नो देशको राजनीतिक नक्सामा नेपालको भूमि मिचिएकाे प्रति नेपाल आदिवासी जनजाति महासंघले सचिन्नका लागि अनुराेध गरेकाे छ । भारतले सार्वजनिक गरेको उक्त नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै उक्त नक्सा तुरून्त खारेजीकाे माग गरेकाे छ । सार्वभौमसत्तासम्पन्न नेपाली जनता र नेपालको राष्ट्रियताप्रति सँधै वफादार रहेकाे र कसैप्रति