यू–२३ राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा – Satabdi News

यू–२३ राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि नेपाली यू–२३ राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार २० सदस्सीय नेपाली टिमको घोषणा गरेको हो । मूख्य प्रशिक्षक बाल गोपाल महर्जनले घोषणा गरेको साग टिममा सिनियर टिमका विकेश कुथु, बिक्रम लामा र सुजल श्रेष्ठ परेका छन् । सागमा २३ वर्ष मुनिका खेलाडीले प्रतिस्पर्धा गर्ने भएपनि बढीमा तीन सिनियर खेलाडी राख्न पाउँने नियम रहेको छ । १२ औं संस्करणको सागमा आयोजक भारतलाई हराउँदै नेपालले स्वर्ण जितेको थियो । १३ औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगीता नेपालमा हुदैछ ।

गोलकिपरः विकेश कुथु, अर्पण कार्की, दीप कार्की
डिफेण्डरः अनन्त तामाङ, दिनेश राजवंशी, सुमन आर्यल, विक्रम लामा, विकास खवास, मिक्चेन तामाङ, छिरिङ गुरुङ
मिडफिल्डरः सुजल श्रेष्ठ, सुनिल बल, हेमन्त थापा मगर, नितिन थापा, शेषेहाङ आङदाङ्वे, तेज तामाङ
फर्वाडः विमल घर्ती मगर, अविषेक रिजाल, रेजिन सुब्बा, अन्जान विष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "यू–२३ राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा" A few seconds ago

सम्बन्धित खवर