नेपाल र कुवेतबीचको खेल भुटानमा हुने – Satabdi News

नेपाल र कुवेतबीचको खेल भुटानमा हुने

काठमाण्डौं । नेपालमा हुने भनिएको फिफा विश्वकप २०२२ कतार र एएफसी एसियन कप २०२३ चीनको छनोट प्रतियोगिता अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने भएको छ ।
आगामी मंसिर ३ गते भुटानको राजधानी थिम्पुस्थित चाङ्गलिमिथाङ रंगशालामा खेल हुने पक्का भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले न्युट्रल भेन्यूको रुपमा भुटानमा खेल्न गरेको प्रस्तावलाई एसियाली फुटबल महासंघले स्विकृत गरेको हो । यसअघि नेपालको दशरथ रंगशालामा खेल खेलाउने प्रस्ताव गरिएको थियो । तर खेल खेलाउन चाहिने मापदण्ड नपुगेकाले एएफसीले दशरथ रंगशालालाई अयोग्य घोषित गरेको थियो । एएफसीका प्रतिनिधि देङ सिओ लोङले गोप्य रूपमा निरिक्षण गरेका थिए । लगत्तै उनले दशरथ रंगशालाको मापदण्ड नपुगेको प्रतिवेदन बुझाएका थिए । २०७२ को भूकम्पले क्षतिग्रस्त दशरथ रंगशाला अहिलेसम्म पूर्ण तयार छैन् । खेलाडीका लागि चाहिने चेन्जिङ रूम अहिलेसम्म तयार भएको छैन् । दशरथ रंगशाला समयमै बन्न नसक्दा नेपालले सुरूमै अवे म्याच खेल्नु परेको थियो । नेपालले पहिलो चरणमा चार वटै अवे खेल खेलिसकेको छ ।
नेपालले चारमध्ये तीन खेलमा हार र एक खेलमा जित निकालेको छ । पहिलो खेलमा कुवेतसँग ७–० ले पराजित नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको थियो । नेपाललाई तेस्रो खेलमा अस्ट्रेलियाले ५–० र चौथो खेलमा जोर्डनले ३–० ले हराएका थिए । नेपाल ३ अंकका साथ समूहको चौथो स्थानमा छ । विश्वकपको अघिल्लो चरणको छनोटमा पुग्न कम्तीमा दोस्रो र एएफसी कपको अघिल्लो चरणमा पुग्न कम्तीमा चौथो हुनु पर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपाल र कुवेतबीचको खेल भुटानमा हुने" A few seconds ago

सम्बन्धित खवर