काठमाडौं,कार्तिक २६ । कार्तिक १७ गतेदेेेेखि डडेल्धुरामा १७ औं पटकको ७ बुँदे माग सहित सुरु गरेका आमरण अनसन सीमा विवादको गम्भीर मुद्दा अघि आएको भन्दै आमरण अनसनमा बसेका डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन् ।
राष्ट्रियता जस्तो गम्भीर र संवेदनशील विषयमा सर्वसाधारण जनता समेत आन्दोलित भइरहेका बेला देशबासीको संवेदनालाई ध्यान दिंदै अनसन स्थगित गरिएको उनले विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।
चिकित्सा शिक्षा ऐन संशोधनको प्रमुख माग राखेर उनी डडेल्धुरामा सत्याग्रह तथा आमरण असनमा बसेका थिए । केसीले स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा सुशासनका लागि आफ्नो लडाइँ जारी नै रहने स्मरण पनि गराएका छन् । सरकारले आफ्नो माग पूरा नगरे पुनः अनसन लगायतका आन्दोलनका कार्यक्रम ल्याउने उनले बताएका छन् ।