प्रधानमन्त्रीकाे सुरक्षा अधिकृत राजेन्द्र शाही जुवाखालबाट पक्राउ – Satabdi News

प्रधानमन्त्रीकाे सुरक्षा अधिकृत राजेन्द्र शाही जुवाखालबाट पक्राउ

काठमाडाैं । प्रधानमन्त्रीका केपी शर्मा ओलीका सुरक्षा अधिकृत (एडिसी) राजेन्द्रबहादुर शाही शुक्रबार राति जुवाखालबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी विभाग गोंगबुले गएराति एक लाख ५९ हजार रुपैयाँसहित जुवा खेल्दै गरेको अवस्थामा नेपाली सेनाका मेजर रहेका शाहीलाई पक्राउ गरेकाे हाे ।

प्रहरीले शाहीसहित आठजना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले टाेखा नगरपालिका-१० घर भएका सोमबहादुर मगरको घरमा चलाइएको जुवाखालबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । समातिएकाहरूलाई हिरासतमा राखी कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ ।

पक्राउ पर्नेहरूमा शाहीसहित साेमबहादुर मगर, मानकाजी गुरुङ, धर्म शाह, बुद्धिलाल मगर, जित गुरुङ, किरणजंग शाह र निरज राणा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "प्रधानमन्त्रीकाे सुरक्षा अधिकृत राजेन्द्र शाही ..." A few seconds ago

सम्बन्धित खवर