
धरानमा खोला उत्खनन् नगर्ने एजेण्डाले कार्यपालिका बैठकमा चर्काचर्की
धरान। सोमबार धरान उप महानगरपालिकाको पहिलो कार्यपालिका बैठक बस्यो। उक्त बैठकमा मेयर हर्कराज राई (साम्पाङ)ले प्रस्तावको छैटौं नम्बरको बुँदामा नदीजन्य पदार्थ उत्खनन् गर्न ठेक्का नलगाउने प्रस्ताब गरेका थिए। मेयर राईले प्रकृति दोहन गर्न नहुने भन्दै विगतमा खोला जथाभावी उत्खनन् हुँदा धेरै क्षति पुगेकोले यसपाली उत्खनन् नगर्ने प्रस्ताब गरेको बताएका थिए।