धरानमा खोला उत्खनन् नगर्ने एजेण्डाले कार्यपालिका बैठकमा चर्काचर्की – Satabdi News

धरानमा खोला उत्खनन् नगर्ने एजेण्डाले कार्यपालिका बैठकमा चर्काचर्की

धरान।  सोमबार धरान उप महानगरपालिकाको पहिलो कार्यपालिका बैठक बस्यो। उक्त बैठकमा मेयर हर्कराज राई (साम्पाङ)ले प्रस्तावको छैटौं नम्बरको बुँदामा नदीजन्य पदार्थ उत्खनन् गर्न ठेक्का नलगाउने प्रस्ताब गरेका थिए।

मेयर राईले प्रकृति दोहन गर्न नहुने भन्दै विगतमा खोला जथाभावी उत्खनन् हुँदा धेरै क्षति पुगेकोले यसपाली उत्खनन् नगर्ने प्रस्ताब गरेको बताएका थिए। उनको यो प्रस्तावले बैठकमा चर्काचर्की पर्यो ।अधिकांश वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले भने ठेक्का नलगाए नगर पालिकाको ठुलो आयश्रोत गुम्ने साथै खोलालाई बीचमा च्यानलिङ नगर्दा बर्षामा बाढी आएर बस्ती जोखिममा पर्ने भन्दै असहमति जनाउदै मेयर राईलाई खोला ठेक्का लगाउनु पर्ने दबाब दिएका थिए। मेयर राईले भने कुनै पनि हालतमा उत्खनन् गर्न खोला ठेक्का नलगाउने अडान लिएपछि बैठकमा वादबिबाद भएका थिए।

अन्तमा यो एजेण्डामा उपमेयर अइन्द्रबिक्रम बेघाले मेयरको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने र उक्त कार्यदलले दिएको प्रतिवेदन अनुसार निर्णय गर्ने सुनाएपछि यो एजेण्डाको विवाद समाधान भएको थियो । कार्यदलमा सदस्य सचिवकोरुपमा वातावरण महाशाखा प्रमुख रहने र सदस्यहरुमा खोला भएको सम्बन्धित वडाका अध्यक्षहरुलाई पनि राख्ने भनिएको छ ।

बिगतमा खोला नाला ठेक्का लगाएर माप दण्ड बिपरित उत्खनन गरिने,अनुमति भन्दा बढी खोला उत्खनन गरि गिटि बालुवा निकासी गरिने तथा स्टक राखी बेच बिखन गरिने तर स्थानिय सरकार र प्रशासनको फितलो अनुगमन जस्ता कार्य भई रहेको भन्दै स्थानियबाट बिरोध हुदै आएका थिए। गत साल यस बिषयलाई लिएर राईको अगुवाईमा खोला उत्खनन रोक्न जादा ठेकेदार र स्थानिय बासि बीच झडब सम्म भएको थियो। ठेकेदारले राई लगायत स्थानिय बासिलाई मुद्दा सम्म लगाएका थिए पछि मुद्दा मिलाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "धरानमा खोला उत्खनन् नगर्ने एजेण्डाले कार्यपालिक..." A few seconds ago

सम्बन्धित खवर