नेपालमा पेट्रोलको मुल्य घट्यो – Satabdi News

नेपालमा पेट्रोलको मुल्य घट्यो

२० जेठ, काठमाडौं | नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १०/१० रुपैयाँले घटाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य घटाउने निर्णय गरेको हो । निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार तत्कालका लागि पूर्वाधार करको रकमसँग बराबर हुने गरी प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय भएको हो ।

‘करको दररेटको सन्दर्भमा मन्त्रिपरिषद्को जेठ १० गतेको निर्णयअनुसार अर्थ मन्त्रालयले जेठ १७ मा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको थियो । पत्रका आधारमा निगम सञ्चालक समितिको बैठकले बिहीबार राति १२ बजेदेखि मूल्य घटाउने निर्णय गरेको छ,’ सहप्रवक्ता कार्कीले भने, ‘मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय ७० रुपैयाँ, डिजेल १ सय ५३ रुपैयाँ र मट्टीतेल १ सय ५३ रुपैयाँ कायम भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपालमा पेट्रोलको मुल्य घट्यो" A few seconds ago

सम्बन्धित खवर