"आऊ गाऊ, पहिचान बनाऊ" नाराकासाथ बेलबारी आईडल सिजन -४ , को शुरुवात – Satabdi News

“आऊ गाऊ, पहिचान बनाऊ” नाराकासाथ बेलबारी आईडल सिजन -४ , को शुरुवात

संयोजक जे बी थुलुङ्ग

बेलबारी मोरंङ्ग। श्रस्टा समाज बेलबारी मोरंङ्गले “आऊ गाऊ, पहिचान बनाऊ” नाराका साथ सुर सप्तक बेलबारी आईडल सिजन -४ , को शुरुवात गरेको छ। बेलबारी नगरपालिकाको विनियोजित बजेटबाट संचालित यो कार्यक्रम श्रस्टा समाज बेलबारी मोरङ्गले आयोजना गरिदै आएको हो।

यस कार्यक्रमको लागि बेलबारीका सबै वडाहरुमा प्रचार प्रचार गरि प्रतियोगी गायक गायिकाहरुको छनोट पनि भै सकेको छ। प्रतियोगितामा ८ बर्ष उमेरको बालिका देखि ४५ बर्ष सम्म उमेरको भद्र महिलाको सम्म सहभागिता हुने आयोजकका संयोजक जे बी थुलुङ्गले सताब्दी न्युजलाई बताए । यहि जेष्ठ २८ गते प्रि-फाईनल पश्चात उत्कृष्ठ १० सहभागीहरुलाई बेलबारी आईडल सिजन -४ को फाईनल प्रतियोगितामा सहभागी गराईने संयोजक थुलुङ्गले बताए।

उत्कृष्ठ १० सहभागीहरुलाई २ हफ्ताको प्रशिक्षण दिलाई आगामी असार १८ गते फाईनल प्रतियोगिता गराईने छ। प्रतियोगितामा प्रथम हुनेले नगद रु ३० हजार सहित ट्रफी र प्रमाण पत्र, सेकेण्ड हुनेले रु १५ हजार सहित ट्रफी र प्रमाण पत्र र थर्ड हुनेले रु १० हजार सहित ट्रफी र प्रमाण पत्र पाउने छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "“आऊ गाऊ, पहिचान बनाऊ” नाराकासाथ बेल..." A few seconds ago

सम्बन्धित खवर