
मोरङमा एमालेबाट उम्मेदवार बन्न संघमा भन्दा प्रदेशमा हानाथाप
३ भदौ, विराटनगर । मंसिरमा हुने चुनावका लागि नेकपा एमालेबाट मोरङमा संघीय संसदमा भन्दा प्रदेश सभामा उम्मेदवार बन्ने आकांक्षी धेरै छन् । एमाले मोरङका सचिव रुपेश खतिवडाका अनुसार संघको तुलनामा प्रदेशसभा सदस्यका लागि दाबेदार बढी छन् । उनी आफै पनि मोरङ क्षेत्र नम्बर १ को (क) बाट टिकटको दाबेदार हुन्