बेलबारी नगरपालिकाले आर्थिक वर्ष ०७९/८० का लागि १ अर्ब ३७ करोड ५२ लाख ८ हजार चार ३३ दुई करोड अनुमानित बजेट प्रस्तुत – Satabdi News

बेलबारी नगरपालिकाले आर्थिक वर्ष ०७९/८० का लागि १ अर्ब ३७ करोड ५२ लाख ८ हजार चार ३३ दुई करोड अनुमानित बजेट प्रस्तुत

बेलबारी। शुक्रवार नगरपालिकाको सभाहलमा सुरु भएको दसौँ नगरसभामा उपप्रमुख नीतु थापाले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ३७ करोड ५२ लाख ८ हजार चार ३३ दुई करोड अनुमानित बजेट प्रस्तुत गरेकी छिन।

प्रस्तुत नीति तथा कार्यक्रमले भौतिक पूर्वाधार तथा सामाजिक क्षेत्रलाई समानुपातिक रूपमा अगाडि बढाउने नीति लिएको छ । सामाजिक अन्तरगत विद्यार्थीलाई दिवा खाजालाई कक्षा ६ सम्म पर्याइएकाे, बालमैत्री नगरको घोषणा गर्ने, बेलबारी खेलकुद समितिको गठन गर्ने, जनता उपचार कोषमार्फत विशेष प्रकृतिका रोगीलाई आर्थिक सहयोग गरिने, छोरी बचाउ अभियान, अनलाइन पद्धतिको विकास गर्ने, स्थानीय सञ्चार नीतिको निर्माण गर्ने, जनताका गुनासा सुन्न जनतासँग नगरपालिका कार्यक्रम सञ्चालन गर्ने, अनुगमनमा जोड दिने, सबै वडामा नागरिक सहयता कक्षाको सुरुवात, शैक्षिक, ऐतिहासिक तथा धार्मिक क्षेत्रका आसपासमा सुर्तीजन्य पदार्थ तथा जङ्कफुट निषेध गर्ने, जस्ता कार्यक्रम हरु प्रस्तुत गरिएका छन्।

नगरको समग्र विकासमा ध्यान

बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ३७ करोड ५२ लाख ८ हजार चार ३३ दुई करोड अनुमानित बजेट प्रस्तुत गरेको छ । आज शुक्रवार नगरपालिकाको सभाहलमा सुरु भएको दसौँ नगरसभामा उपप्रमुख नीतु थापाले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

नीति तथा कार्यक्रमले नगरको समग्र विकासमा ध्यान दिइएको छ । भौतिक पूर्वाधार तथा सामाजिक क्षेत्रलाई समानुपातिक रूपमा अगाडि बढाउने नीति लिएको छ । सामाजिक अन्तरगत विद्यार्थीलाई दिवा खाजालाई कक्षा ६ सम्म पर्याइएकाे, बालमैत्री नगरको घोषणा गर्ने, बेलबारी खेलकुद समितिको गठन गर्ने, जनता उपचार कोषमार्फत विशेष प्रकृतिका रोगीलाई आर्थिक सहयोग गरिने, छोरी बचाउ अभियान, अनलाइन पद्धतिको विकास गर्ने, स्थानीय सञ्चार नीतिको निर्माण गर्ने, जनताका गुनासा सुन्न जनतासँग नगरपालिका कार्यक्रम सञ्चालन गर्ने, अनुगमनमा जोड दिने, सबै वडामा नागरिक सहयता कक्षाको सुरुवात, शैक्षिक, ऐतिहासिक तथा धार्मिक क्षेत्रका आसपासमा सुर्तीजन्य पदार्थ तथा जङ्कफुट निषेध गर्ने, ।

गत साल बेलबारी नगरले १ अर्ब ३५ सात लाख ४६ हजार बजेट प्रस्तुत गरेको थियो । यस आर्थिक वर्षमा झन्डै दुई करोड बढीको बजेट प्रस्ताव गरेको छ । अर्को बैठक असार २४ गते पस्नेछ । नगरप्रमुख तथा सभाध्यक्ष दिलप्रसाद राईले जनप्रतिनिधिका काँधमा महत्त्वपूर्ण जिम्मेवार रहेकोले त्यो जिम्मेवारी बहन गर्नु पर्नेमा जोड दिए । नगरले प्रस्तुत गरेको बजेट नीति तथा कार्यक्रमलाई नगरसभा सदस्यहरूले सकारात्मक रूपमा लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी नगरपालिकाले आर्थिक वर्ष ०७९/८० का लागि ..." A few seconds ago

सम्बन्धित खवर