जसपा माेरङ ३ बाट सर्वसम्मत नाम सिफारिस बेलबारी – Satabdi News

जसपा माेरङ ३ बाट सर्वसम्मत नाम सिफारिस बेलबारी

बेलबारी मोरंग। जनता समाजवादी पार्टि नेपाल माेरङ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाका लागि लाेकसागर साम्बाकाे नाम सर्वसम्मत सिफारिस गरेकाे छ। जसपा, नेपाल ३ नं. क्षेत्र समन्वय समितिकाे बैठकले पार्टिका केन्द्रीय सदस्य लाेकसागर साम्बाकाे नाम सर्वसम्मत सिफारिस गरेकाे छ।

लाेकसागर साम्बा

त्यस्तै प्रदेश (क) मा केदार धिमाल र प्रदेश (ख) मा शान्ता माेक्तान तामाङकाे नाम सिफारिस भएकाे जसपा, नेपाल ३ नं. क्षेत्र समन्वय समितिका अध्यक्ष देउमान लिम्बुले जानकारी दिनुभयाे। प्रदेश सभाका लागि सिफारिस हुनु भएका धिमाल जसपा, लिम्बुवान राष्ट्रिय समितिका मुख्यसचिव हुन् भने तामाङ पार्टिका केन्द्रीय सदस्य हुन् ।

त्यस्तै समानुपातिकमा प्रतिनिधि सभामा पार्टिका केन्द्रीय सल्लाहकार समिति सदस्य रामकाजि राई, प्रदेश सभाका लागि समानुपातिकमा तिलक राई र दिलबहादुर तामाङकाे नाम सिफारिस भएकाे लिम्बुले जानकारी दिनु भयाे । पार्टिकाे निर्देशन अनुसार क्षेत्र समितिले जिल्ला समितिमा नाम सिफारिस गरिएकाे भए पनि गठबन्धनकाे मर्मलाई भने सबैले आत्मासाथ गर्ने लिम्बुले बताउनु भयाे ।

त्यस्तै माेरङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा पुर्ण कुरुम्बाङ र दुर्गाप्रसाद दर्लामी मगरकाे नाम सिफारिस भएकाे छ भने समानुपातिक तर्फ रामप्रसाद धिमाल ( बाङ्गाई ) काे नाम सिफारिस भएकाे छ । त्यस्तै प्रदेश (क) मा विशाल आङ्देम्बे, सुर्यबहादुर माझी, रामकुमार राई र सुनिता थक्सु लिम्बुकाे नाम सिफारिस भएकाे छ। त्यस्तै प्रदेश (ख) छत्र चेम्जाेङ र शान्ता राईकाे नाम सिफारिस भएकाे छ।समानुपातिक तर्फ भने शुक्रमणी सन्थाल, सावित्रा याख्खा र बविता दनुवारकाे नाम सिफारिस भएकाे जसपा, उर्लाबारी नगर समितिका अध्यक्ष मातृका धिमालले जानकारी दिनुभयाे।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जसपा माेरङ ३ बाट सर्वसम्मत नाम सिफारिस बेलबारी" A few seconds ago

सम्बन्धित खवर