बेलबारी। २८ औ बिस्व आदिबासी दिवस कार्यक्रम बेलबारीमा बोल्दै नेपाल आदिबासी जनजाती आयोगका सदस्य शरण कुमार राईले नेपाल आदिबासी जनजाती महासंघ बेलबारीका अध्यक्ष तिलक राईलाई महासंघको नेतृत्व छोड्न सल्लाह दिनु भएका छन्।
नेपाल आदिबासी जनजाती महासंघ बेलबारी नगर समन्वय समितीको आयोजनामा स्थानिय निर्बाचित आदिबासी जनजाती प्रतिनिधिहरुलाई सामुहिक रुपमा बधाई तथा सुभ कामना प्रदान कार्यक्रममा यस्तो सुझाब दिनु भएको हो।
बिगत लामो बर्ष देखि बेलबारी नगरपालिकामा रहेर धेरै उल्लेखनीय कार्य गरिसकेको साथै किरात यायोखाका बर्तमान केन्द्रिय उपाध्यक्ष , नेपाल आदिबासी जनजाती महासंघ प्रदेश मा १ का बर्तमान मुख्य सचिब पदमा रहेका तिलक राईलाई नगर देखि माथि उठेर आदिबासी जनजातीको अधिकारको लागि काम गर्न सुझाएका हुन्। शरण कुमार राई कार्यक्रमका प्रमुख अतिथी थिए। तिलक प्रसाद राई बि स २०५७ साल देखि निरन्तर महासंघको अध्यक्ष पदमा रही काम गर्दै आइ रहनु भएको छ।
कार्यक्रममा बिशिस्ट अतिथीमा मेयर डी पी राईले पनि आदिबासी जनजातीको बिषयमा आफ्नो कुराहरु राख्नु भएको थियो। कार्यक्रममा बरिष्ठ पत्रकार तथा आदिबासी अभियन्ता गोपाल देवान , वडा अध्यक्ष बिक्रम राई,मणि मगर ,चन्द्र लिम्बु डम्बर राई, सुनिता चौधरी , कार्यपालिका सदस्य संचमाया लिम्बु लगायत निर्बाचित वडा सदस्यहरुको उपस्तिथी रहेको थियो। कार्यक्रममा स्वागत मन्त्यब्य उपाध्यक्ष कुमार बोखिम लिम्बुले गरेका थिए भने संचालन सचिब मन कुमार गुरुङले गरेका थिए।