बेलबारीमा आदिवासी जनजाति साँस्कृतिक झाँकी सहित मौलिक खानपिन सहित फुडफेस्टिबल हुने – Satabdi News

बेलबारीमा आदिवासी जनजाति साँस्कृतिक झाँकी सहित मौलिक खानपिन सहित फुडफेस्टिबल हुने

बेलबरी। नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बेलबारीले आदिवासी जनजाति सांस्कृतिक झाँकी सहित तीन दिने मौलिक खानपिन सहितको फुड फेस्टिबल २०७९ को आयोजना गरिने भएको छ। यहि असार ३,४ र ५ गते बेलबारी वडा न ४ को युनाईटेड स्पोर्ट क्लबको खेल मैदानमा उक्त कार्यक्रम हुने कार्यक्रम संयोजक कमल गुरुङले आज पत्रकार सम्मेलनगरि बताए।

बेलबारी नगर पालिकामा सुचिकृत भएका १८ वोटा जातजातिहरुको छाता संगठन नेपाल आदिबासी जनजाति महासंघ बेलबारीले सबै जातिहरु संग समन्वयगरि आ -आफ्ना मौलिक खानपिन सहितको स्टलको बेवास्था गरिएको र आ आफ्ना जातीय पोशाकमा कार्यक्रममा झाँकी प्रदर्शन सम्म गरिने महासंघका अध्यक्ष तिलक याम्फु राईले बताए। बिगत केहि बर्ष देखि शुरु गरिएको यस कार्यक्रम निकै लोक प्रिय हुदै गएको पनि राईले बताए। बेलबारी भरि रहेका आदिबासी जनजातिहरुको कला, साहित्य, संस्कार, संस्कृति , मौलिक खानपिन र पहिचान संरक्षण गर्ने उद्देश्यको साथ् शुरु गरिएको यस कार्यक्रमलाई बेलबारी नगर पालिकाको सहयोग रहदै आएको छ। यस बर्ष पनि नगर पालिकाको बजेटबाट यस कार्यक्रमलाई ८ लाख सहयोग रहेको राईले जानकारी दिए।

यस कार्यक्रमको आकर्षकमा नेपालका चर्चित रैथाने (नेटिभ) संगीतकार तथा गायिका झुमा लिम्बुको बेण्डको प्रस्तुति रहने छ। साथै द्रब्य बेण्ड र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति पनि रहने आयोजकले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा आदिवासी जनजाति साँस्कृतिक झाँकी सहित ..." A few seconds ago

सम्बन्धित खवर