सशस्त्र प्रहरी बल काठमाडौं सेमिफाईनलमा प्रवेश

कातिक १२, बेलबारी । बेलबारी ११ लक्ष्मीमार्ग स्थित प्रस्तावित रंगशालामा भईरहेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको सेमी फाइनलमा सशस्त्र प्रहरी बल काठमाडौ पुगेको छ । शुक्रबार भारतको आमुक्त परिवार वेस्ट बंगाललाई ५ गोलले पराजित गर्दै सशस्त्र प्रहरी बल काठमाडौँ सेमी फाइनलमा प्रबेश गरेको हो । प्रतियोगितामा सशस्त्रका आशिष लामा म्यान

जनगणना सम्बन्धि प्रचार प्रसार अभियानमा राई विद्यार्थी संघ

कातिक १२, इटहरी । किरात राई विद्यार्थी संघ जिल्ला कार्य समिती सुनसरीले जनगणना सम्बन्धि अभियान सुरु गरेको छ । संघले बिहीबार जनता बहुमुखी क्याम्पस देखि इटहरी चोक हुँदै जिल्लाको विभिन्न ठाउँमा प्रचारप्रसार तथा पोस्टर वितरण अभियान सुरु गरेको हो । उक्त अभियानको लागि सुबास वाम्बुले राईद्वारा आर्थिक सहयोग प्राप्त भएको

खुलेको तीन दिनमै बन्द भयो लाइसेन्सको अनलाइन आवेदन

१२, कार्तिक, काठमाडौं । लामो समयदेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन कात्तिक ११ गतेबाट बन्द भएको छ । यातायात व्यवस्था विभागले प्राविधिक समस्या देखिएकाले सेवा बन्द गर्नु परेको जनाएको छ । विभागद्धारा जारी सूचनामा अनलाइन आवेदन प्रणालीमा केही प्राविधिक समस्या देखिएको हुनाले मर्मतको लागि बन्द गरिएको

अर्ब रुपैयाँको आइपीओ आउँदै : कुनको कति कित्ता ?

११ कार्तिक, काठमाडौं । पुँजी बजारमा नयाँ कम्पनी थपिने क्रम जारी छ । यसैक्रममा पछिल्लो तथ्यांक अनुसार नेपाल धितोपत्र बोर्डमा अहिले आइपीओ अनुमति माग्ने कम्पनीहरुको संख्या अहिले २२ पुगेको छ । यसमध्ये रिलायन्स लाइफ इन्सुरेन्सले प्रिमियममा आइपीओ बिक्री गर्न अनुमति मागेको छ । रिलायन्सले प्रतिकित्ता २१२ रुपैयाँमा आइपीओ बिक्री गर्न

रोलिङ क्लब धुलाबारीले च्यासल युथलाई पछाडी पार्दै सेमिफाइनल प्रबेश

११, कात्तिक, बेलबारी । मोरङको बेलबारी-११ लक्ष्मीमार्ग स्थित प्रस्तावित रंगशालामा (बिहीबार) बाट चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप २०७८ सुरु भएको छ । कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले कार्यक्रमको ब्यानर अंकित बेलून आकाशमा उडाएर खेलको एमपायरलाई बल हस्तान्तरण गरेर गरेका थिए। कार्यक्रममा विभिन्न राजनीतिक पार्टी,संघ संस्था

हिमालयन शेर्पा क्लबका खेलाडीहरुलाई बेलबारीमा भब्य स्वागत

कार्तिक ११, बेलबारी । मोरङको बेलबारी ३ का स्थानीय बासिन्दाहरुले हिमालयन शेर्पा क्लबका खेलाडीहरुलाई विहिबार बेलबारीमा भब्य स्वागत गरेका छन । बेलबारी ३ स्थित ड्रिमल्याण्ड फनमा भेला भएका स्थानीयहरुले खेलाडीहरुलाई खादा लगाएर भब्य स्वागत गरेका हुन । स्थानीय दिलबहादुर तामाङ, शिव महतरा, पर्यटन ब्यबसायी बिजय सुवेदी लगायतले खेलाडीहरुलाई स्वागत गरेका

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा, एकीकृत समाजबादीका पाण्डे मुख्यमन्त्री बन्ने पक्का

१० कात्तिक, हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छिन्। बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै शाक्यले बैठकमै राजीनामा दिएकी हुन्। शाक्यले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएको प्रदेश सभा सचिवालयले जनाएको छ । २ भदौमा तत्कालीन मुख्यमन्त्री डोरमणि

जसपाको सम्पर्क कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम

कार्तिक ८, बेलबारी । समाजवादी पार्टी, नेपाल बेलबारी वडा नं १० र समाजवादी युवा संघ, बेलबारी नगर समितिको संयुक्त आयोजनामा सम्पर्क पार्टी कार्यालय उद्घाटन सम्पन्न भएको छ । पार्टी कार्यालय बेलवारी नगरपालिकाको भाउन्ने वडा नं १० स्थित शान्ति टोलमा राखिएको छ । बेलबारी नगरपालिका विभिन्न वडाको गरि दर्जनौं युवाले जसपा

बेलबारी गोल्डकप २०७८ कार्तिक ११ गते देखि सुरु हुँदै

बेलबारी, ५ कार्तिक । बेलबारीमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप २०७८ कार्तिक ११ गते देखि सञ्चालन हुने भएको छ । आयोजक डाँगीहाट युथ क्लब बेलबारी ११ लक्ष्मीमार्गले आज (शुक्रवार) बेलबारीमा पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम राईले प्रतियोगितामा एपिएफ

बेलबारी नगरपालिकालाई नेपाली काँग्रेसको ध्यानाकर्षण

बेलबारी । कात्तिक १ गते बाट लगातार परेको झरीले नेपालको विभिन्न क्षेत्रमा डुबान भएको छ। त्यस्तै अबिरल बर्षापछिको बााढीले क्षति पुर्याएका बेलबारीका किसानहरुको तथ्यांक संकलन गरी पीडित कृषकलाई आवश्यक राहत तत्काल उपलब्ध गराउन बेलबारी नगरपालिकालाई नेपाली काँग्रेस बेलबारी नगरसमितिले ध्यानाकर्षण गराएको छ । बिहिबार बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीलाई भेटेर