सशस्त्र प्रहरी बल काठमाडौं सेमिफाईनलमा प्रवेश – Satabdi News

सशस्त्र प्रहरी बल काठमाडौं सेमिफाईनलमा प्रवेश

कातिक १२, बेलबारी । बेलबारी ११ लक्ष्मीमार्ग स्थित प्रस्तावित रंगशालामा भईरहेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको सेमी फाइनलमा सशस्त्र प्रहरी बल काठमाडौ पुगेको छ । शुक्रबार भारतको आमुक्त परिवार वेस्ट बंगाललाई ५ गोलले पराजित गर्दै सशस्त्र प्रहरी बल काठमाडौँ सेमी फाइनलमा प्रबेश गरेको हो ।

प्रतियोगितामा सशस्त्रका आशिष लामा म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा सशस्त्र प्रहरी बलका आभाश लामिछाने २२ मिनेट, प्रदिप लामाले ४४ मिनेट , आशिस लामाले ४९ र ८१ मिनेट, सबिन गुरूड्गले ७५ मिनेटमा गोल गरेका थिए । शनिबार हिमालयन शेर्पा क्लब काठमाण्डौ र गाइघाट फुटबल क्लब उदयपुर बिच खेल हुने आयोजकले जनाएको छ ।

आजका खेलका प्रदेश नंं २ तालिम केन्द्र प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक केदार ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सशस्त्र प्रहरी बल काठमाडौं सेमिफाईनलमा प्रवेश" A few seconds ago

सम्बन्धित खवर