कांग्रेस-जसपा बैठक : संसद्को विशेष अधिवेशन गर्न माग
असार २४, काठमाडौं । विपक्षी दल कांग्रेस र जनता समाजवादीका शीर्ष नेताहरू संसद्को विशेष अधिवेशन बोलाउन सरकारलाई दबाब दिने मनस्थितिमा पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा मंगलबार बैठक गर्दै कोरोना संक्रमण जोखिम कम गर्न बेवास्ता र संसद् अधिवेशन हठात् अन्त्य गरेर सरकार गैरजिम्मेवार बनेको भन्दै सरकारलाई दबाब

