केवीआई फाउण्डेसनद्धारा राहत वितरण, लकडाउनका कारण समस्यामा परेका विपन्न परिवार हर्षित – Satabdi News

केवीआई फाउण्डेसनद्धारा राहत वितरण, लकडाउनका कारण समस्यामा परेका विपन्न परिवार हर्षित

उर्लाबारी । कोरोना भाइरस (कोभिड– १९) र लकडाउनका कारण समस्यामा परेका अति विपन्न परिवारलाई उर्लाबारीस्थित केवीआई फाउण्डेसन, नेपालले राहत बितरण गरेको छ ।

बुधबार उर्लाबारी—९ स्थित आम्बारी, भोटेपूल र सेम्बुटोलका ३० घरपरिवारलाई राहत वितरण गरिएको हो । प्रत्येक घरपरिवारलाई २५ केजी चामल, नुन तेल, साबुन, स्वयाबिन लगायत वितरण गरिएको संस्थाका सचिव योबाहाङ्ग तुम्पाङ्ग्फे (याक्थुङ्ग्बा) ले जानकारी दिनुभयो । दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्न समुदायका मानिसलाई राहत वितरण गरिएको सचिव योबाहाङ्ग तुम्पाङ्ग्फे (याक्थुङ्ग्बा) ले बताउनुभयो । राहत वितरण कार्यक्रममा संस्थाका सचिव तुम्पाङ्ग्फे (याक्थुङ्ग्बा), रुद्र सुब्बा, समाजसेवी कुरुराज आङबुहाङ, प्रकाश कन्दङ्वा, वीरबहादुर सेम्बु लगायतको उपस्थिती रहेको थियो । राहत पाएपछि उर्लाबारी—९ का सन्थाल, माझी लगायतका विपन्न परिवारका सदस्यहरु हर्षित भएका छन् । संस्थाका सदस्य लोलिम पोमुले विदेशमा रहनुभएका भीम पन्धाक, लक्ष्मी खापुङ ईन्द्र र कसल लिम्बूको अगुवाई र नेपालमा रहेका प्रतिनिधीहरुको ंसंयोजनमा कार्यक्रम सम्भव भएको बताउनुभयो । कार्यक्रमको व्यवस्थापन गर्नुभएका सचिव योबाहाङ्ग तुम्पाङ्ग्फे (याक्थुङ्ग्बा) ले केवीआई फाउण्डेसनले उर्लाबारीमा सामाजिक गतिविधी गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार यस संस्थाले बिशेष गरी यहाँको खेलकुद, शैक्षिक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । संस्थाका अध्यक्ष ईन्द्र खापुङले सदस्यता बिस्तार गर्दै सामाजिक कामलाई अझ व्यापकता दिईने लक्ष्य रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "केवीआई फाउण्डेसनद्धारा राहत वितरण, लकडाउनका कार..." A few seconds ago

सम्बन्धित खवर