बागदेवी सामुदायिक वनमा अनियमितता भएको आंशका – Satabdi News

बागदेवी सामुदायिक वनमा अनियमितता भएको आंशका

असार २३, मोरङ । मोरङको बेलबारी वडा नं २ स्थित बागदेवी सामुदायिक वन अनियमितता भएको पाईएको छ ।

सामुदायिक उपभोक्ता समुहमा मौज्दात काठको हिसाबकिताब नमिलेपछि अनियमितताको आसंकामा छानविन समिति गठन गरिएको हो । सामुदायिक बनले गत कार्तिकमा ११औ बार्षिक साधारणसभा सम्पन भएपछि नयाँकार्य चयन भएको थियो । उक्त समिति आएसँगै मौज्दात काठ विक्रि प्रकृयाका लागि बुझ्ने क्रममा ९ सय किवि भन्दा धेरै काठको हिसाब नदेखिएपछि अनिमितता भएको आशंका गरिएको हो ।

सामुदायिक बनका नयाँ समितिले ५ सय ५२ कि.बि काठ विक्रि प्रकृया अघि बढाउन लागिएको हो । उक्त बिक्री गर्न लाग्दा थप ९ सय ४७ किबि काठ समेत मौज्दात रहने देखिएको हो । तर ९ सय ४७ किबि काठको हिसाब स्पष्ट नभएपछि त्यसकै खोजीका लागि छानविन समिति गठन गरिएको हो ।

मौज्दातमा देखिएको काठ कहाँ खपत भयो भन्ने हिसाब किताव नदेखिएपछि छानविन समिति गठन भएको हो । छानविन समितिमा राजेश खत्री, कविन्द्र धिमाल, शिव रुपाखेती, डिल्लीराम ढकाल लगायत ६ जना सदस्य रहेका छन् । छानविन समितिका एक सदस्यले आफुलाई छानविन समितिमा रहेको जानकारी सहितको पत्र प्राप्त भए पनि छानविन प्रकृयाका लागि बैठक बस्ने लगायतका कामहरु सुरु भैनसकेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बागदेवी सामुदायिक वनमा अनियमितता भएको आंशका" A few seconds ago

सम्बन्धित खवर