२८ औ आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्ति – Satabdi News

२८ औ आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्ति

असार २३, मोरङ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शैलेश थापा क्षेत्रीलाई २८ औं आइजिपीमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । उनले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने छन् । शैलेश थापा क्षेत्रीले २०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका थिए । उनले कास्की, झापा लगायतका जिल्लामा कमाण्ड सम्हालेका थिए ।

क्षेत्री प्रहरी तालिम केन्द्र र हेडक्वाटरमा लामो समय बसेर संगठनलाई कसरी सुधार गर्न सकिन्छ भनेर रणनीति बनाउने अधिकारीहरूमध्ये एकमा पर्दछन् ।

अहिलेका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको ३० वर्षे सेवा अवधि सकिएपछि बुधबार अवकाश पाउँदैछन् । क्षेत्रीले बिहीबारदेखि संगठन सम्हाल्नेछन् । सेतोपाटीबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "२८ औ आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्ति" A few seconds ago

सम्बन्धित खवर