बेलबारीमा २० कराेड भन्दा बढीको लगानीमा आधुनिक सपिङ कम्प्लेक्स बन्ने – Satabdi News

बेलबारीमा २० कराेड भन्दा बढीको लगानीमा आधुनिक सपिङ कम्प्लेक्स बन्ने

असार २२, बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नम्बर १ मा नगरपलिकाको स्वामित्वमा रहेको जग्गामा आधुनिक सपिङ कम्प्लेक्स बन्ने भएकाे छ ।

सपिङ कम्प्लेक्स निर्माणका लागि नगर विकास कोष र बेलबारी नगरपालिका बिच सम्झाैता भएकाे छ । सोमबार नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र नगर विकास काेषका प्रतिनिधि बिच सम्झौता पत्रमा हस्ताक्षर भएकाे हाे । २० करोड ९ लाख ८० हजार लागतमा निर्माण गर्न लागिएको उक्त कम्प्लेक्स १८ महिना भित्रमा निर्माण कार्य सक्ने लक्ष्य राखिएको नगर प्रमुख सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार नगर विकास कोषको ७० प्रतिशत सहुलियत ऋण र ३० प्रतिशत नगरपालिकाले ब्यहोर्ने गरी सम्झौता गरीएको छ । सम्झौता कार्यक्रममा मोरङ क्षेत्र नं. १ का प्रदेश संसद उपेन्द्र प्रसाद घिमिरे, बेलबारी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चक्र बहादुर खुलाल समेतको उपस्थिति रहेको थियो ।

अन्डरग्राउन्ड पार्कीङ सहित निर्माण गर्न लागिएको कम्प्लेक्स बालमैत्रि तथा अपाङ्गमैत्रि बनाइने नगर प्रमुख सुवेदीको भनाई रहेको छ । बेलबारी नगरपालिकाको गौरबको योजनाका रुपमा रहेको उक्त कम्प्लेक्स निर्माण भएपछि स्थानियको उत्पादन र बजारीकरण सहज हुने विश्वास गरीएको छ । पुर्व पश्चिम राजमार्ग सँग जोडिएको जग्गामा निर्माण गर्न लागिएको आधुनिक कम्प्लेक्सले बाह्य तथा आन्तरीक पर्यटकलाई समेत आकर्षीत गर्ने गरी निर्माण गर्न लागिएको हो ।

यो कम्प्लेक्स निर्माणसँगै बेलबारी नगरपालिकाका दुई वटा कम्प्लेक्सहरु हुने छन् । यस अघिनै नगरपालिकाले बेलबारी ९ मा निर्माण गरीसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा २० कराेड भन्दा बढीको लगानीमा आधुनिक स..." A few seconds ago

सम्बन्धित खवर