बेलबारी बोयर काण्डको छानबिन समितिले माग्यो गोप्य सूचना
बेलबारी, १३ असार । बेलबारी बोयर बारे जाँचबुझ गर्न गठित छानबिन समितिले बोयर प्रकरणसँग सम्बन्धित जानकारी वा प्रमाणहरू उपलब्ध गराउन सबैलाई आग्रह गरेको छ । बेलबारी नगरकार्यपालिका सदस्य विन्दुकला गुरुङको संयोजकत्वमा गठित छानबिन समितिले शनिवार एक सार्वजनिक सूचना जारी गर्दै छानबिनलाई सहयोग पुग्ने सूचना वा जानकारी भएमा उपलब्ध गराउन आग्रह