ब्लु डाइमन्ड सोसाइटी इटहरी सहित एघार परिवारलाई आदिवासी महिला मञ्चको सहयोग – Satabdi News

ब्लु डाइमन्ड सोसाइटी इटहरी सहित एघार परिवारलाई आदिवासी महिला मञ्चको सहयोग

 अर्जुन राई अपहेलित

२ असार, इटहरी । आदिवासी जनजाती महिला मञ्च केन्द्रीय समिति काठमाडौंले ब्लु डाइमन्ड सोसाइटी सहित एघार परिवारलाई खाद्यान्न सहयोग प्रदान गरेको छ ।

नयाँ भेरियन्टको कोरोना संक्रमणको कारण भएको दोस्रो चरणको लकडाउनले जीविकोपार्जनका सबै माध्यम बन्द भएका एघार परिवारलाई २० हजार बराबरको खाद्यान्न सहयोग प्रदान गरिएको हो ।

‘हुनेले दिएर जाउ, नहुनेले लिएर जाउ’ अभियान अन्तर्गत ब्लु डाइमन्ड सोसाइटी इटहरीका १० परिवार र अन्य एक परिवार गरि ११ परिवारलाई प्रती परिवार १० केजि चामल, दुई केजि दाल, एक लिटर तेल, १/२ केजि सोयाबिन र बेसार एक पाउको दरले वितरण गरिएको जनाइएको छ ।

ब्लु डाइमन्ड सोसाइटीबाट समेत सहयोगको लागि अनुरोध आएको हुँदा मञ्चको केन्द्रीय समितिमा अनुरोध गरेर मंगलबार उक्त राहत सामाग्री उपलब्ध गरिएको आदिवासी महिला मञ्च प्रदेश नं. १ संयोजक माया राईले जानकारी दिइन् ।

लकडाउनको अवस्थामा आज कमाएर भोलि के खाने भन्ने परिवारहरु उत्तिकै मारमा परेका छन् तर त्यो भन्दा पनि सामाज र राष्ट्रले नै वेवास्ता गरेको तेस्रो लिङ्गी समुदायलाई सरोकारवाला निकाय तथा कुनैपनी राजनैतिक दलले ध्यान दिएको छैन, यो अवस्थामा कारण पनि विशेष गरि ब्लु डाइमन्ड सोसाइटी इटहरी राहत वितरण गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ब्लु डाइमन्ड सोसाइटी इटहरी सहित एघार परिवारलाई ..." A few seconds ago

सम्बन्धित खवर