बेलबारी बोयर काण्डको छानबिन समितिले माग्यो गोप्य सूचना – Satabdi News

बेलबारी बोयर काण्डको छानबिन समितिले माग्यो गोप्य सूचना

बेलबारी, १३ असार । बेलबारी बोयर बारे जाँचबुझ गर्न गठित छानबिन समितिले बोयर प्रकरणसँग सम्बन्धित जानकारी वा प्रमाणहरू उपलब्ध गराउन सबैलाई आग्रह गरेको छ । बेलबारी नगरकार्यपालिका सदस्य विन्दुकला गुरुङको संयोजकत्वमा गठित छानबिन समितिले शनिवार एक सार्वजनिक सूचना जारी गर्दै छानबिनलाई सहयोग पुग्ने सूचना वा जानकारी भएमा उपलब्ध गराउन आग्रह गरेको हो ।

नगरपालिकाद्वारा गठित छानबिन समितिमा नेपाली काँग्रेसबाट राजेन्द्रबहादुर अधिकारी, माओवादी केन्द्रबाट किशोर भण्डारी र जनता समाजवादी पार्टीबाट केशव थापा मगर सदस्य रहेका छन् । असार ५ गतेदेखि आफ्नो काम सुरु गरेको समितिले नियमित रूपमा छानबिन गरिरहेको, सत्य तथ्य बाहिर ल्याउन कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता जायर गर्दे प्रतिवेदन बाहिर नआउन्जेलसम्म छानबिनलाई प्रभावित पार्ने खालका टिक्का टिप्पणी नगर्नसमेत अनुरोध गरेको छ ।

बोयर प्रकरणसँग सम्बन्धित जानकारी वा प्रमाण उपलब्ध गराउनका लागि छानबिन समितिले मोबाइल नम्बर  ९८५२०५४९५२ तथा इमेल ठेगाना rajendraadhikari16996@gmail.com उपलब्ध गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी बोयर काण्डको छानबिन समितिले माग्यो गोप्..." A few seconds ago

सम्बन्धित खवर