तिन दलको संयुक्त बिज्ञप्ति : एमालेले बेलबारी बोयर बोका/बाख्रा काण्डलाई ढाकछोप गर्यो – Satabdi News

तिन दलको संयुक्त बिज्ञप्ति : एमालेले बेलबारी बोयर बोका/बाख्रा काण्डलाई ढाकछोप गर्यो

बेलबारी । बेलबारी बोयर बोका बाख्रा काण्डको बिरुद्ध नेकपा एमालेले निकाले बिज्ञप्ति प्रति घोर भर्त्सना गर्दै बेलबारी नगरका तिन राष्ट्रिय पार्टी नेपालि कांग्रेस पार्टी , नेकपा मावोबादी केन्द्र र जनता समाजबादी पार्टीले आज संयुक्त बिज्ञप्ति निकालेको छ। नेकपा एमालेका अध्यक्ष रबिन थापाको निर्देशनमा सदस्य कृष्ण गुरुङद्वारा हस्तक्षरित बिज्ञप्तिले बेलबारी बोयर बोका /बाख्रा काण्डलाई ढाकछोप गर्ने र दोसीलाई बचाउने आसयको साथ बिज्ञप्ति आएको र सुन्य सहनशीलताको उपहास गरेको आरोप लगाएका छन।

हिजो उपमेयर ढाका पराजुलीको संयोजकमा गठित ७ सदसिय छानबिन समिति मा सदस्य पठाउन हतारगर्ने एमाले आज कार्यपालिका सदस्य बिन्दुकला गुरुङको संयोजकमा गठित छानबिन समितिको क्षमतालाई देखाउदै सहमतिबाट भाग्न पाईन्छ भन्दै बिज्ञप्ति मार्फत प्रश्न गरिएको छ।

उपमेयर ढाका पराजुलीले छानबिन समितिको संयोजक पदमा बसेर काम गर्न नसक्ने भन्दै नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदीलाई निबेदन दिएपछि दोस्रो पटक चार राष्ट्रिय पार्टी नेपाली कांग्रेस पार्टी ,नेकपा एमाले , नेकपा मावोबादी केन्द्र र जनता समाजबादी पार्टी नेपाल सहित नगर पालिकाका मेयर र प्रशाशनिक प्रमुख सहित बैठक बसेको थियो। बैठकमा कार्यपालिकाको कुनै पनि सदस्यको संयोजकमा बन्ने छानबिन समितिमा चार दलबाट मान्य हुने र आफ्ना दलबाट प्रतिनिधि सदस्य पठाएर छानबिन गर्ने सहमति भएको थियो। सहमति भएको २४ घण्टा नबित्दै एमालेले प्रतिनिधि नपठाएर छानबिन समितिलाई नै पुन प्रभाब पार्न खोजिएको तिन दलको बुझाई छ।

बिज्ञप्तिमा नेपाली कांग्रेस पार्टीबाट नगर सहसभापति बद्रि मण्डल , नेकपा मावोबादी केन्द्रबाट नगर अध्यक्ष परशुराम सुबेदी र जनता समाजबादी पार्टी नेपालबाट नगर अध्यक्ष तिलक सम्पांग राईले संयुक्त हस्तक्षर गरेका छन।

एमालेको प्रतिनिधि नपठाए पनि तिन दल : नेपालि कांग्रेस पार्टी , नेकपा मावोबादी केन्द्र र जनता समाजबादी पार्टीको प्रतिनिधि सहित कार्यपालिकाका सदस्य बिन्दुकला गुरुङको संयोजकमा छानबिन समिति गठन भई छानबिन प्रक्रिया अगाडी बढाएको छ।

हेर्नुस बिज्ञप्ति :

 

नेपालि कांग्रेस पार्टी नेपालले पनि छुट्टै बिज्ञप्ति निकाल्यो :

नेपालि कांग्रेस पार्टी नेपाल बेलबारी नगर उपसभापति बद्रि मण्डलको हस्ताक्षरमा आज छुट्टै बिज्ञप्ति निकालेको छ। नेकपा एमाले अध्यक्ष रबिन थापाको निर्देशनमा सदस्य कृष्ण गुरुङद्वारा हस्ताक्षरित निकालेको बिज्ञप्ति प्रति ध्यान आकर्षण भएको बिज्ञप्तिमा बताइएको छ। राजनीतिक सहमति गर्ने अनि भोलि पल्ट सहमति तोड्ने जस्तो अराजनीतिक क्रिया कालाप प्रति घोर आपत्ति जनाइएको छ। बेलबारी जनताको खुन पसिनाबाट संकलित राजस्यबाट संचालित सस्तो लोकप्रियता कार्यक्रमको नाममा राजनीतिक प्रतिशोध राखी भ्रस्टाचारलाई छल्ने र भ्रमको खेति गर्ने दोहोरो चरित्र नदेखाउन समेत बिज्ञप्ति मार्फत अपिल गरिएको छ।
सत्य तथ्य छानबिन गरि सुचना प्रबाह गर्न नेपाली कांग्रेस पार्टी कहिले नभाग्ने बिज्ञप्ति मा बताइएको छ।

हेर्नुस बिज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "तिन दलको संयुक्त बिज्ञप्ति : एमालेले बेलबारी बो..." A few seconds ago

सम्बन्धित खवर