बेलबारीमा लागुऔषध सहित चार जना पक्राउ – Satabdi News

बेलबारीमा लागुऔषध सहित चार जना पक्राउ

 

असार १६, बेलबारी । बेलबारीमा अबैध लागु पदार्थ सहित चार जना व्यक्तिलाई पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले असार १५ गते बेलबारी नगरपालिका वडा नं.१ बस्ने बर्ष २५ को रिकल कोईराला, बर्ष २४ केशव गुरुङ, बर्ष २७ विशाल गुरुङ र बर्ष ३५ सुरज गुरुङ पक्राउ परेका हुन् ।

उनीहरु सहित दुई मोटरसाइकल को.१७ प.४७२ र को.३० प.५६१ को मोटरसाइकल बरामद गरिएको छ । उनीहरुले कालो प्लाष्टिक भित्र सेतो टेपले वेरी लुकाई छिपाई बोकेको अवस्थामा डाईलेप १७ एम्पुल, फिनिर्जन १७ एम्पुल, एभिल १७ एम्पुल र लुपिगेसिक १७ एम्पुल, र ४ एम्पुलको एक सेट गरि ९ सेटमा ६८ एम्पुल फेला परेका ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

हाल उनीहरु लागूऔषध बरामद गरी लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा लागुऔषध सहित चार जना पक्राउ" A few seconds ago

सम्बन्धित खवर