संविधानबाट प्राप्त अधिकार गुम्ने खतरा भयाे - पुर्व प्रधानमन्त्री डा. भट्टराई – Satabdi News

संविधानबाट प्राप्त अधिकार गुम्ने खतरा भयाे – पुर्व प्रधानमन्त्री डा. भट्टराई

६ असार, बेलबारी । जसपा नेपालका संघीय परिषद अध्यक्ष डा. बावुराम भट्टराईले पुस ५ गतेकाे संसद विघटन देखि यताकाे घटनाहरुमा वैदेशिक चलखेल भएकाे बताउनु भएकाे छ ।

जसपा नेपाल लिम्बुवान राष्ट्रिय समितिकाे आयाेजनामा शनिवार भएकाे वर्तमान नेपाली राजनीतिमा भूराजनीतिक प्रभाव र वैकल्पिक शक्ति निर्माणको बाटो विषयक भर्चुअल सम्वादमा पुर्व प्रधानमन्त्री समेत रहनु भएका भट्टराईले सामरिक स्वार्थकाे कारण संविधानबाट प्राप्त धर्म निरपेक्षता, संघियता, समावेशीता माथि खतरा भएकाे बताउनु भयाे । भारतिय स्वार्थ र प्रधानमन्त्री ओलिकाे महत्वकांक्षा मिलेकाले प्राप्त व्यवस्था र परिवर्तन खारेज गरेर आफ्नाे स्वार्थका लागि खेल्न खाेजेकाे उहाँले बताउनु भयाे । त्यहि भुराजनितिक चेपुवामा जसपाका केही नेता विशेष गरि पुर्व राजपाका नेताहरु परेकाे समेत उहाँले बताउनु भयाे । उहाँले भन्नू भयाे “भारत र चिनले लामाे समय देखि नेपालमा विभिन्न ढंगले प्रभुत्व कायम गर्ने गरिरहेकाे छ, ६० काे दशकदेखि त भारत, चिन संगै अमेरिका समेत नेपालमा भुराजनितिक दाउपेचमा संलग्न छ ।”

उहाँले अहिलेकाे लडाई अग्रमन र पश्चगमनकाे लडाई भएकाे बताउनु हुँदै प्रतिगामी ओलि नेतृत्वकाे सरकार विरुद्ध एक भएर उभिनु जरुरि भएकाे बताउनुभयाे । लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमकाे अध्यक्षतामा भएकाे कार्यक्रम मुख्य सचिव केदार धिमालले सन्चालन गर्नु भएकाे थियाे । राष्ट्रिय समितिले हरेक शनिबार पार्टिका नेताहरुका साथ विविध विषयमा भर्चुअल सम्वाद सन्चालन गरिरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "संविधानबाट प्राप्त अधिकार गुम्ने खतरा भयाे R..." A few seconds ago

सम्बन्धित खवर