बेलबारीमा आउने १५ करोडको मेडीकल सामग्री रोकियो – Satabdi News

बेलबारीमा आउने १५ करोडको मेडीकल सामग्री रोकियो

बेलबारीमा सञ्चालन हुने सामुदायिक अस्पतालका लागि १५ करोड रुपैयाँ बराबरका विभिन्न स्वास्थ्य सामग्री अनुदानमा दिने भनेको क्यानडा स्थित स्काई ब्लु टेक्लोलोजी नेटवर्कले सम्झौता भंग गरेको छ। एम आर आई,सिटिस्क्यान मेसिन,भेन्टिलेटर मेसिन,इन्डोस्कोपी मेसिन लगायत अनुदानमा उपलब्ध गराउने सम्झौता गरेको तर नगरपालिका विवादित बनेको लगायत कारण अब अनुदान उपलब्ध गराउन नसकिने भन्दै सो संस्थाले सम्झौता भंग गरेको पत्र नगरलाई पठाएको छ।

स्काई ब्लु टेक्लोलोजी नेटवर्कले बेलबारी नगरपालिका बोयर बोका बाख्रा काण्डबाट विवादित बनेको, विभिन्न सञ्चार माध्यमहरुमा बेलबारी नगरपालिकाको नकारात्मक समाचारका कारण आफ्नो संस्थाको प्रतिष्ठा गिर्दै गएको, आफ्नो संस्थाका विषयमा गलत भनाईहरु सार्वजनिक भैरहेका जस्ता कारणले अब सम्झौता अनुसार स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउन नसकिने उल्लेख गरेको छ । सो संस्थाका एक्ज्युकेटिभ डाइरेक्टर प्रभजित गरेवालले हस्ताक्षर गरेको पत्रमा बेलबारी नगरपालिकासँग २०७७ मंसिर २५ गते (१० डिसेम्बर २०२०) भएको सम्झौता अनुसारका सामग्री अब अनुदानमा उपलब्ध गराउन नसकिने पत्रमा स्पष्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा आउने १५ करोडको मेडीकल सामग्री रोकियो" A few seconds ago

सम्बन्धित खवर