न्यायाधीश चढ्ने कारको ठक्करबाट धनकुटाकी एक महिलाको मृत्यु
विराटनगर । मोरङ जिल्ला अदालतका न्यायाधीश चढ्ने गरेको कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मंगलबार विराटनगर स्थित अदालत परिसरभित्रै बा १४ च ६०१६ नम्बरको कारको ठक्करबाट धनकुटाको महालक्ष्मी नगरपालिका–१ घर भएकी ४३ वर्षीय लक्ष्मी दाहालको मृत्यु भएको हो । मृतक दाहालले अदालत परिसरमै क्यान्टिन सञ्चालन गर्दै आएकी जनाइएको