बेलबारी बोयर बाख्रा प्रकरण को प्रतिवेदन छानबिन समितिले नगरप्रमुखलाई हस्तान्तरण – Satabdi News

बेलबारी बोयर बाख्रा प्रकरण को प्रतिवेदन छानबिन समितिले नगरप्रमुखलाई हस्तान्तरण

७ भाद्र, बेलबारी । बेलबारी बोयर बाख्रा प्रकरण बारे सत्य तथ्य बाहिर ल्याउन गठन भएको छानबिन समितिले आफ्नो प्रतिवेदन नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीलाई बुझाएको छ्न ।

जेठको दोस्रो साता नगरपालिकाले किसानलाई शुद्ध अष्ट्रेलीयल बोयर भनेर वितरण गरेका बाख्राहरू अस्ट्रेलियन नभएको, नेपालकै कुनै फमबाट ल्याएर जनतालाई अस्ट्रेलियन भनेर झुक्याएको, यसमा व्यापक अनियमितता भएको भन्दै व्यापक विरोध भए पछि नगरपालिकाले कार्यपालिका सदस्य विन्दुकला गुरुङको संयोजकत्वमा पाँच सदस्सीय छानबिन समिति गठन गरेको थियो ।

समितिको प्रतिवेदन नगरप्रमुखले बुझेपछि नगरप्रमुख सुवेदीले कार्यपालिकाको बैठक बसेर चाँडै प्रतिवेदन सार्वजनिक गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी बोयर बाख्रा प्रकरण को प्रतिवेदन छानबिन ..." A few seconds ago

सम्बन्धित खवर