कविता “अवाक गणतन्त्र र सलहको समय”

बिमन किराती यो कविता सरस सुमधुर शैरकल्पनायुक्त तथा लालित्यपुर्ण हैन। देशको मुख्य कुरा: प्रधानमन्त्री के के महत्वपूर्ण सम्बोधन गरी बस्नु हुन्छ भोकले कोहि मर्नु पर्दैन कविता खिप्नु हुन्छ उहि बेला अपसगुन मुख सकसक चिलाएर “आफूलाई चै थुक्क मन लागी रहन्छ”! उमेरले असि कटेका रङ् रङ्गका खिच्चड सत्ता चपाई सकेका ।

गजल – दिलिप राई

गणतन्त्रको नाममा हेर सबै मृत्युका टोलीहरु क्रान्तिले मान्छेलाई निशानी बनाएका गोलीहरु सबै डलरको सौखमा विदेश पल्यान भइरहँदा मान्छेलाई तर्साउने आउदैछन रे झोलीहरु टाढा हेर्ने मान्छे देखि दु ख रोदनका बर्षाहरु हेर अभाव बोकेका मान्छेका काँधका डोलीहरु मन हुने नारा बोकी आए पनि लोकतन्त्रिक भित्र नेपाली कै बगेका छन् पसिनाका खोलीहरु

मिचियो – गजल

सन्दिप कोइराला पहिले आस मिचियो,आज गुराँस मिचियो राष्ट्रिय गीत भुलेछौ क्यारे मिठास मिचियो चन्द्रको ज्योती छोपे छ क्यारे, बादल उडेर देशको सिमा बेचियो आज,सुबास मिचियो सहिद आज रोएछ किन,भासण सुनेथे नेपाल शब्द हटाइ आज,बतास मिचियो बुद्ध नि मेरो शुद्ध नि मेरो भनेछ आज त झुकेछौ तिमी बिदेश सामु,कपास मिचियो सुगौली

“गजल” सुख वीर थामी

सुख वीर थामी साँच्चै हाँस्छ नेपाल, नाँच्छ नेपाली सयौं थुङ्गा फूलको माला गाँस्छ नेपाली । मलाई काखा तिम्लाई पाखा नगर्दिए राज्यले एक अर्कामा प्रेम सदभाव साँच्छ नेपाली । सहअस्तित्व र समताबाटै देशले शक्ति आर्जे विस्तारवादको गर्धन पनि भाँच्छ नेपाली । भ्रष्टचार र दण्डहिनताले देश जरजर नबनाए विश्व चित्रमा गर्विलो नक्सा

कविता “कम्रेड”

शुभ भट्टराई मेरो कमरेड, अर्थात मेरा लाल सिपाहीहरु म तिमीदेखि घृणा गर्छु कारण म गरिब हुँ ! थिचिदा थिचिदा यो देशको ॠणले माथि उठ्नै नसकेको । तिम्रा सिद्धान्तका ढर्राहरु सिनित्त पिउँदा तृप्त हुने ठानेको थिए र वस्तीभरी बिचारहरु पोख्दै राता फुलहरु फुलाउने सोचेको थिए त्यसैले त तिमीसङ्ग म पनि वस्ती-वस्तीमा

“गीत” बिमन किराती

बिमन किराती उद्योग खोल सरकार आत्मनिर्भर देश बना बगाउन चाहन्छु म आफ्नै दशमा रगत पसिना । उर्वर-उर्वर ज़मिन हाम्रो श्रमजीवि जॉगर हाम्रो हामीलाई के को अभाव छ प्रकृतिको भण्डार हाम्रो । थोरैथोरै हिम्मत दे सुशासनको बचन दे बाकी आफैगरौला बगाउन चाहन्छु म आफ्नै देशमा पौरख भावना । हिम्मत गरी मरूभुमी

जिन्दगी – गजल

मिलन राई मनभरी पीडा, भय लिई बाँचु म कसरी जिन्दगी नै भयो अनिश्चित म भनु कसरी कहाँ बाट थपियो बिपत्ति शुन्य भयो सोच छताछुल्ल सपना बोकि गन्तव्य म पुग्नु कसरी निको, मीठो देख्दै छुईन मेरो आउने दिनहरु बिहानी संगै शुभसोच आउने म हुनु कसरी भन्नुलाई भनौला के छ र !

कबिता “चेतना भया….!!!”

विमन किराती किन लेख्नु पर्यो होला एउटा शासकलाई दिव्य उपदेश ... आफु छोडिनु अघि कुनै इतिहासको पाना आफु विसर्जित हुनु अघि आर्यघाटको बह्मनलमा । किन चोर औलौ ठाडो पारेर तरबार देखाउदै देस भरीका पठित विद्वान, ऋषि, नामुद चाकडी या सुरवीरहरू जम्मा गरेर यसरी चेतना को उद्घघोष लेखाउनु परेको होला !

कबिता “तिमी केही होईनौ”

रसना यादव तिमी केही होईनौ ? किन कि तिमी स्वार्थी छौ आफ्नो लागि मात्र प्रेम खोज्छौ तिमी नै सर्वस्व हौ तिमी नै सबथोक हौ किन कि तिमी निःस्वार्थ छौ तिमी सबैलाई प्रेम गरी , सबैमा निःस्वार्थ प्रेम बाड्छौ । तिमी केही होईनौ ? किन कि तिमी आफ्नो मात्र अधिकार खोज्छौ

“ यस्तै छ मेराे देशकाे चलन ” – जेनिश श्रेष्ठ

“ यस्तै छ मेराे देशकाे चलन ” संसार भरी महामारी फैलिरहेछ कति राेगले त कति भाेकले मरिरहेछ राहत बाड्नेलाई यहाँ जेल हाल्छन् भित्र भित्रै औषधीमा नि कमिसन खान्छन् अनि डिग्री हाेल्डरलाई लखेट्छन् पाँच पासलाई सरकारमा लान्छन् यस्तै छ मेराे देशकाे चलन ।। यहाँ सत्ता बाहिर छउन्जेल कराउछन् सत्ता भित्र पुगेपछि