गजल – दिलिप राई – Satabdi News

गजल – दिलिप राई

गणतन्त्रको नाममा हेर सबै मृत्युका टोलीहरु
क्रान्तिले मान्छेलाई निशानी बनाएका गोलीहरु

सबै डलरको सौखमा विदेश पल्यान भइरहँदा
मान्छेलाई तर्साउने आउदैछन रे झोलीहरु

टाढा हेर्ने मान्छे देखि दु ख रोदनका बर्षाहरु
हेर अभाव बोकेका मान्छेका काँधका डोलीहरु

मन हुने नारा बोकी आए पनि लोकतन्त्रिक भित्र
नेपाली कै बगेका छन् पसिनाका खोलीहरु

धेरै झरे कोपिला मै नेपालीका शान्ति चाहाना
मनाउदै छ मृत्युको उत्सव रगतकै होलीहरु

( राई बेलका नगरपालिका वडा नं ०७ का बासिन्दा हुन ।  )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "गजल – दिलिप राई" A few seconds ago

सम्बन्धित खवर