कबिता "तिमी केही होईनौ" – Satabdi News

कबिता “तिमी केही होईनौ”

रसना यादव

तिमी केही होईनौ ?
किन कि तिमी स्वार्थी छौ
आफ्नो लागि मात्र प्रेम खोज्छौ
तिमी नै सर्वस्व हौ
तिमी नै सबथोक हौ
किन कि तिमी निःस्वार्थ छौ
तिमी सबैलाई प्रेम गरी ,
सबैमा निःस्वार्थ प्रेम बाड्छौ ।

तिमी केही होईनौ ?
किन कि तिमी आफ्नो मात्र अधिकार खोज्छौ
तिमी सबथोक हौ
तिमी नै सर्वस्व हौ
किन कि तिमी दुनियाको त्यो दुर दराजमा बसेका मानिसहरुका लागि पनि हक खोजी अधिकार दिलाउछौ

तिमी केही होईनौ ?
किन कि तिम्रो ज्ञानले तिमी मात्र उज्यालो र हर्ष भएका छौ
तिमी सर्वस्व हौ
तिमी नै सबथोक हौ
किन कि तिम्रो ज्ञानले दुनियाको कुना काप्चामा रहेका मानिस सबैले उज्यालो र हर्षको अनूभुति गर्न पाएका छन्

तिमी केही होईनौ ?
किन कि तिमी आफ्नो महलबाट निस्केर कहिल्यै त्यो बाढी पहिरोले बगाएका वा आगोले सुकुम्वासी यानि आहार भएका मानिसका लागि साहारा बनेनौं
तिमी सबथोक हौं
तिमी नै सर्वस्व हौं
किन कि तिमी आफ्नो महल छाडेर ति बाढी पहिरोले बगाएका वा आगोले सुकुम्वासी या निआहार भएका मानिसका लागि सधैॅ साहारा या सधैॅ बलियो खुट्टा बनेर उब्यौ।

तिमी केही होईनौ ?
किन कि तिमी कहिल्यै कसैसॅग समान व्यवहार गरेनौ
कसैलाई मिठो बोली दिएनौ
तिमी नै सर्वस्व हौ
तिमी नै सबथोक हौ
किन कि तिमी सधैॅ सबैसंग समान व्यवहार गरी, तिनीहरुको निराश मनमा तिमी आफ्नो मिठो वोलीले आशा जगाई बाच्ने आधार बनाईदिन्छौ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कबिता “तिमी केही होईनौ”" A few seconds ago

सम्बन्धित खवर