"गजल" सुख वीर थामी – Satabdi News

“गजल” सुख वीर थामी

सुख वीर थामी

साँच्चै हाँस्छ नेपाल, नाँच्छ नेपाली
सयौं थुङ्गा फूलको माला गाँस्छ नेपाली ।

मलाई काखा तिम्लाई पाखा नगर्दिए राज्यले
एक अर्कामा प्रेम सदभाव साँच्छ नेपाली ।

सहअस्तित्व र समताबाटै देशले शक्ति आर्जे
विस्तारवादको गर्धन पनि भाँच्छ नेपाली ।

भ्रष्टचार र दण्डहिनताले देश जरजर नबनाए
विश्व चित्रमा गर्विलो नक्सा टाँस्छ नेपाली ।

परलम्बी कुसंस्कार राज्यसत्तामा नघुसाए
शक्तिसम्पन्न स्वतन्त्र देशमा बाँच्छ नेपाली ।

हो साँच्चै हाँस्छ नेपाल, नाँच्छ नेपाली
सयौं थुङ्गा फूलको माला गाँस्छ नेपाली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "“गजल” सुख वीर थामी" A few seconds ago

सम्बन्धित खवर