कबिता "चेतना भया....!!!" – Satabdi News

कबिता “चेतना भया….!!!”

विमन किराती

किन लेख्नु पर्यो होला
एउटा शासकलाई दिव्य उपदेश …

आफु छोडिनु अघि कुनै
इतिहासको पाना
आफु विसर्जित हुनु अघि
आर्यघाटको बह्मनलमा ।

किन
चोर औलौ ठाडो पारेर
तरबार देखाउदै
देस भरीका पठित विद्वान, ऋषि,
नामुद चाकडी या सुरवीरहरू जम्मा गरेर
यसरी चेतना को उद्घघोष लेखाउनु परेको होला !

चेतना भया…!
कस्को लागी थियो ?
आफु र आफ्नै खलक का लागी ?
आफुबाट तिकडम बाजी मा
निर्मम हराईएका ती राजा रजौटाहरूका लागी ?
या, विस्तारवादी ,साम्राज्य वादी हरूका
हुर्मत लिनका लागी।
कस्का लागी हो…
यो चेतना भया !

चेतना भया…!
अब चेत खोलेर चेतना भया बूझ्नु जरूरी छ ।

यो देस धेरै नर नारी को हत्या
गरेर खडा गरिएको छ, यदि असल निती लिईएन भने
आफै मासिन सक्छौ, चेतना भया दर्सन्तहरू हो,
यो राज्य मैले यसरी षड्यन्त्र पूर्वक खडा नगरेको भए
अरू कसैले छिन्न भिन्न बनाई लान्थ्यो
चेतना भया देसवासी हरू हो ।
यो भूमि परापुर्व काल देखि
कर्म वीर र धर्म वीरहरू को स्वतन्त्रत तपोभूमी हो
जन्मभुमीलाई आफु भन्दा बढि माया गर्ने
सुरवीर हरूको स्वाभिमान निशानी हो
चेतना भया ! साम्राज्यवादीहरू हो विस्तानवादूहरू हो ।

चेतना भया …!
कम्तिमा सस्तो लोकप्रियताको निम्ती
क्षणिक राष्ट्रवादी देखिनको लागी
सडकहरूमा अनेक नाम पुत्ला जलाउनू हैन
र थिएन कपुतहरू हो…

चेतना भया…!
यो त सचेत चेत सहित
देसको निम्ती मातृभूमि निम्ती
आफ्नो बिचारमा देसप्रतिको प्रतिबद्धतामा
आफ्नो सार्वभौम मुल्य सहित
वैरी सामु सगरमाथा झै अटल भई उभिनको लागी थियो…

चेतना भया…!
के चेतना भया,लाचार सासकहरू का लागी थियो?
के चेतना भया,सधै देस लाई अस्थिर बनाउन
प्रयोग हुने नागरिका लागी थियो।
या, पृथ्वी नारायण को निजी दिव्य बोध थियो
या, आफुबाट निर्मम हत्या गरीएका सहोदर शासकहरूका सँग आत्मयाचना …

जे थियो
चेतना भया ! राष्ट्रघाती हरूलाई खबरदारी थियो ।।।

(कवि; किराती हाल जापानमा हुनु हुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कबिता “चेतना भया….!!!”" A few seconds ago

सम्बन्धित खवर