कविता "अवाक गणतन्त्र र सलहको समय" – Satabdi News

कविता “अवाक गणतन्त्र र सलहको समय”

बिमन किराती

यो कविता सरस सुमधुर
शैरकल्पनायुक्त तथा
लालित्यपुर्ण हैन।

देशको मुख्य कुरा:
प्रधानमन्त्री
के के महत्वपूर्ण सम्बोधन गरी बस्नु हुन्छ
भोकले कोहि मर्नु पर्दैन कविता खिप्नु हुन्छ
उहि बेला अपसगुन
मुख सकसक चिलाएर
“आफूलाई चै थुक्क मन लागी रहन्छ”!
उमेरले असि कटेका
रङ् रङ्गका खिच्चड सत्ता चपाई सकेका ।
माँझ किराती जगत बहादुर राईको
एउटा क़िस्सा हो यो ।

देशको
मामुली कूरा:
खुकुरीले आफ्नै आमा लाई काटेर
आफ्नै घाटि सेर्दै गरेको हिंस्रक छोराको पानी पानी :
बेहाल:बेहाल बनाउने
भाईरल भिडियो खिच्नेहरूको अँध्यारो समय हो यो ।

हुलबाधेर प्रेमिका लिन गएका हरूलाई
गाऊ उल्टेर नदिमा लडाई मारेको कारूणिक दृश्य
बिकी रहेछ युट्युबे जिन्दगीलाई ।
अनाहकमा छोरा गुमाउनेहरूको ऑशुको भेल
ममताले हुर्काएकी छोरीले
समाजको कुसंस्कारको ऑखि बनाउछे कि
भनेर हारगुहार गर्दा
विलखबन्द परिरहेको परिवार

नीज चै चटपटे खादै फेसबूक अपडेट मा छिन रे,
यस्तो खतर्नाक फेसबुके जमानको हो यो ।

…टिक टक र एड स्टोरी
के राख्ने होला;सोचेर हैरान हुने
जमातको बढ्दो छ….
“जिउ छ क्षारमा
खुट्टा छ भार मा…”

प्रधानमन्त्री कवि हैनन छद्म छवि हुन

उनलाई युग-चेत थाहा छैन
यो युगको बेचैनी हो
केवल कविता हैन…

पृष्ठभूमिमा
कोरोना-माहामारिको घनघोर-घनचक्कर बिच
सिमाना लुट्टदै धम्कि दिदै गरेको
कुलङ्गार छिमेकी छ
भोकै सडकमा मृत्यवरण गरेका श्रमिकको दाई
अलपत्र लाश छ
सन्तान परदेसमै थुनिएको खबरले
पिलपिल रोएर टहल्दै गरेका बाआमा
सिमाना मा रुदै रूदै
देस छिर्न देऊ भन्दा भन्दै
भोकले परलोक भएका मुग्लानेहरू
क्वारेन्टाईनमा उपचार कम
मृत्यु बढि कुरी रहेका बिरामीहरू
यसै पनि
रूग्ण जीर्ण बेहाल अस्त व्यस्त
तेसमाथि लकडाउनले थिलथिलो देस
चारै तीर अन्धकार
चारै तीर हर!हर! त्राई त्राई
फतक्कै गलाऊने परिवेश हो यो।

छुई छुई पार्ने पिडै पिडाको
कालकुट भोगाई पिउदै
निश्लोट:निश्लोट:

हेरि रहेछु अवाक गणतन्त्रको
धमिलो अनुहारमा
नाचि रहेका सलहहरू।
कोरस गाई रहेछ
हल्ला पिटाउने मीडिया
लुडो र पब्जी खेल्दै
राष्ट्रवादी स्टाटस पोष्ट गर्ने युवाका भिड।
स्वघोषित मगन्ते समाजसेवी हरूका लाईभ
बक!बक चर्तिकला

भयानक त यो छ कि;
इन्तु न चिन्तुको
सत्तापक्षको बजेट

प्रतिपक्षको काईते विज्ञप्ती को
रास लीला…..

यै ! अघोरी समयलाई
अनलाईन दलाली गरेर
भुँडि भर्न अनेक चेष्टा गरि रहेछन्
चेतनशिल भनिने प्राणी ! यो बखत।

खोई मानवता !
खोंई चेतना !!
खोई ! मान्छे !!!??
कहॉ छ…..कहॉ ???

ओ वर्तमान
यहॉ भन्दा उता
सहन सकिन्न बर्बरता

थोरै फाटि देऊ
थोरै च्याती देऊ
थुक्क मन छ
सत्ता र सभ्यताको
जम्मै जम्मै यी क्रुर निलडाम र खिन्नताहरू
वेवारिसे सत्ताकै अनुहारमा..

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कविता “अवाक गणतन्त्र र सलहको समय”" A few seconds ago

सम्बन्धित खवर