"गीत" बिमन किराती – Satabdi News

“गीत” बिमन किराती

बिमन किराती

उद्योग खोल सरकार आत्मनिर्भर देश बना
बगाउन चाहन्छु म आफ्नै दशमा रगत पसिना ।

उर्वर-उर्वर ज़मिन हाम्रो श्रमजीवि जॉगर हाम्रो
हामीलाई के को अभाव छ प्रकृतिको भण्डार हाम्रो ।
थोरैथोरै हिम्मत दे सुशासनको बचन दे बाकी आफैगरौला
बगाउन चाहन्छु म आफ्नै देशमा पौरख भावना ।

हिम्मत गरी मरूभुमी स्वर्ग जस्तै बनिसक्यो
स्वर्ग जस्तै हाम्रो देस चाहि अभावमा किन फस्यो ।
सुझबुझ बढा सरकार थोरै-थोरै आशा जगॉ
सजाउनु छ आफ्नै भुमी अघि बढ्ने बाटो देखा ।

(किराती हाल जापानमा हुनु हुन्छ)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "“गीत” बिमन किराती" A few seconds ago

सम्बन्धित खवर