“ यस्तै छ मेराे देशकाे चलन ” - जेनिश श्रेष्ठ – Satabdi News

“ यस्तै छ मेराे देशकाे चलन ” – जेनिश श्रेष्ठ

“ यस्तै छ मेराे देशकाे चलन ”

संसार भरी महामारी फैलिरहेछ
कति राेगले त कति भाेकले मरिरहेछ
राहत बाड्नेलाई यहाँ जेल हाल्छन्
भित्र भित्रै औषधीमा नि कमिसन खान्छन्
अनि डिग्री हाेल्डरलाई लखेट्छन्
पाँच पासलाई सरकारमा लान्छन्
यस्तै छ मेराे देशकाे चलन ।।

यहाँ सत्ता बाहिर छउन्जेल कराउछन्
सत्ता भित्र पुगेपछि डराउछन्
अरबौ पैसा लिई गुण्डाहरु पाल्छन्
एकातिर कडा नियम बनाउछन्
अर्कोतिर तस्कर गर्न लगाउछन्
जब खुल्न लाग्छ तस्करकाे नाम
कि त काखी च्याप्छन् कि त मारिनै दिन्छन्
यस्तै छ मेराे देशकाे चलन !

सत्ता परिवर्तनको नाममा हजाराै बलिदान गराए
कराेडाै जनसागर सडकमा उर्लाए
सडकबाटै गणतन्त्रको खुसियाली मनाए
एउटा राजा फाले हजारौं राजा जन्माए
सिर्फ एउटा स्वतन्त्रता मात्रै ल्याए
हत्या, हिंसा, चाेरी, डकैती,घुसखाेरी बढाए
साना दाेसीलाई कडा कार्वाही गराए
ठूला तस्करी र घुसखाेरीलाई सरकारमा पुर्‍याए
एस्तै छ मेराे देशकाे चलन !!!


लेखक – जेनिश श्रेष्ठ,  ( सिन्धुली हाल बेलबारी )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "“ यस्तै छ मेराे देशकाे चलन ” – जेनिश श्र..." A few seconds ago

सम्बन्धित खवर