मिचियो - गजल – Satabdi News

मिचियो – गजल

सन्दिप कोइराला

पहिले आस मिचियो,आज गुराँस मिचियो
राष्ट्रिय गीत भुलेछौ क्यारे मिठास मिचियो

चन्द्रको ज्योती छोपे छ क्यारे, बादल उडेर
देशको सिमा बेचियो आज,सुबास मिचियो

सहिद आज रोएछ किन,भासण सुनेथे
नेपाल शब्द हटाइ आज,बतास मिचियो

बुद्ध नि मेरो शुद्ध नि मेरो भनेछ आज त
झुकेछौ तिमी बिदेश सामु,कपास मिचियो

सुगौली सन्धि मानेकै थिए जेसुकै भएनी
हेर त आज नेपाल आमा श्वास नै मिचियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मिचियो – गजल" A few seconds ago

सम्बन्धित खवर