बिश्व स्वास्थ संगठनबाट औपचारिक रुपबाट अमेरिका बाहिरियो

असार २४, वासिङ्टन डिसी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका छन् । संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक आलोचना गर्दै आफ्नो देश अलग

मोटरसाइकल चोरी गर्ने बेलबारीका दुई सहित तीन पक्राउ

असार २३, मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं - ९ बाट चोरी भएको मोटरसाइकल सहित तीन जना पक्राउ परेका छन् । पथरी शनिश्चरे नगरपालिका- २ का आतेजुङ राईलेको घरबाटै मोटरसाइकल चोरी भएको थियो । सोमबार राति करिब २ बजेको समयमा चोरी गरेको हो । को ३४ प ६००४

बेलबारीमा २० कराेड भन्दा बढीको लगानीमा आधुनिक सपिङ कम्प्लेक्स बन्ने

असार २२, बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नम्बर १ मा नगरपलिकाको स्वामित्वमा रहेको जग्गामा आधुनिक सपिङ कम्प्लेक्स बन्ने भएकाे छ । सपिङ कम्प्लेक्स निर्माणका लागि नगर विकास कोष र बेलबारी नगरपालिका बिच सम्झाैता भएकाे छ । सोमबार नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र नगर विकास काेषका प्रतिनिधि बिच सम्झौता पत्रमा

लायन्स क्लब बेलबारीको एम्बुलेन्स बेच्यो कस्ले ?

असार २२, बेलबारी । सामाजिक संस्था लायन्स क्लब अफ बेलबारीको नाममा बर्षौ अघि देखी राजश्व छुटमा आएको एम्बुलेन्स बिक्री गरिएको खुलासा भएको छ । लायन्स क्लब बेलबारीको नाममा आएको एम्बुलेन्स तत्कालीन प्रेसिटेन्ट योगेन्द्र सुवेदीको पालामा मोरङको लेटाङका एक ब्यक्तिलाई सुवेदी सहित अन्य पदाधिकारीहरुले बिक्री गरेको पाईएको छ । एम्बुलेन्स बिक्रीको

रजत बर्षको अबसरमा लालीगुरास तथा ऋण संस्थाले रक्तदान गरेर मनाए

असार २२, बेलबारी । लालीगुरास बचत तथा ऋण सहकारी संस्थाको रजत जयन्तीकोो सुअवसरमा बेलाबारी ३ स्थित सेन्चुरी बैक अगाडी रक्तदान कार्यक्रम सम्पन्न गरेेको  छ । संस्थाले हरेक बर्ष सहकारी दिवसको दिन चैत २० गते नियमित रुपमा गर्दै आईरहेको रक्तदान कार्यक्रम लकडाउनको कारण गर्न नसकेकोले यस रजत बर्षको दिन आयोजना गरिएको

खोकना जनतामाथि सरकारले गरेको अमानवीय क्रुरताप्रती; चार संस्थाको ध्यानाकर्षण

असार २०, काठमाडौ । आदिबासी नेवाहरुको ऐतिहासिक प्राचीन खोना/बुङा/कुदेशका जनतामाथि सुरक्षाकर्मीको अनावश्यक बल प्रयोग र धरपकडप्रति गरेको घटना प्रती ४ संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सत्ता र शक्तिको उन्मादमा आदिवासी नेवाःको आदिभूमि अतिक्रमणको विरुद्ध शान्तिपूर्ण आन्दोलनमा रहेका र आफ्नो जमिनमा संयुक्त खेत रोपाईं गर्न खुदोल फाँटमा पुगेका किसानहरूमाथि

त्रिभुवन बिश्वबिद्धालयमा दलित मुद्दामा राष्ट्रिय मिडियाको दायित्वबारे सडक बहस

असार १९, किर्तिपुर । रुकुम पश्चिम नरसंहार र जातीय आधारित हत्या हिंसाको विरोधमा विगत एक महिना देखि किर्तिपुरमा नेपाल राष्ट्रिय उत्पीडित विधार्थी संगठन र अनेरास्ववियु उत्पीडित राष्ट्रिय कमिटिको आयोजनामा युवा तथा विधार्थीहरुले निरन्तर आन्दोलन गरिरहेका छन् । आन्दोनलमा युवा विधार्थीहरुले विभिन्न विषयमा सडक बहस पनि गरिरहेका छन त्यही क्रममा राष्ट्रिय

बेलबारीको सन्देश खड्का झुन्डिएर मृत्यु अबस्थामा फेला, कारण भने खुल्न बाकी

असार १८, बेलबारी । मोरङ, बेलबारी ३ सुन्दरटोल निबासी १५ बर्षे सन्देश खड्का बिहान ३ बजे आफै घरमा झुन्डिएको  अबस्थामा  मृत फेला परेका छ । मृतक खडका गोदावरी विद्या मन्दिर विद्यालयमा कक्षा १० माा अध्ययनरत बिद्यार्थी हुन । मृतकको काकी बबिता खड्काको भनाईअनुसार हिजो राति १० बजे घरमा राम्रो संग

ओलि सरकार भष्ट्रचारहरुको गिरोह हो; वरिष्ठ नेता अशोक राई

असार १६, काठमाडौ । संसदमा विचाराधीन नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले विरोध प्रदर्शन गरेको छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शनमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठसहितका नेता कार्यकर्ता सहभागी भएका थिए । संसदको राज्य व्यवस्था समितिले नेपाली पुरुषसँग बिहे

जसपा मोरङद्दारा नागरिक बिधेयकको बिरोध

असार १६, विराटनगर । नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टी, नेपाल माेरङले विराेध जुलुस प्रदर्शन गरेकाे छ । पार्टीकाे केन्द्रीय कार्यक्रम अनुसार विभिन्न नारा सहितकाे र्यालीले विराटनगर बजार परिक्रमा गरेकाे थियाे । नगर परिक्रमा पछि भएकाे काेण सभालाई पार्टीका केन्द्रिय सदस्यहरु जयराम यादब, सन्जय सिह, भाेगेन्द्र यादव, ईनामुल हक, प्रदेश